कोरोनाको त्रासले सप्तरीमा थप चार वटा टोल सिलबन्दी
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_E0Qh2H6kyW.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ७, २०७७ आइतबार १५:३:३०
![](https://nepalbahas.prixacdn.net/media/albums/corona-13_KJZJuUlBDC.jpg)
धीरुभाइ
७ बैशाख सप्तरी । जिल्लामा एक दर्जन मानिसमा कोरोना संक्रमण पुष्टि भएपछि सप्तरीको थप चार वटा टोललाई शनिबार सिलबन्दी गरेको छ । जिल्लामा सिलबन्दी भएको टोलको सख्या छ पुगेको छ । शनिबार दिउँसो जिल्ला संकट व्यवस्थापन समितिको बैठकले थप चार टोललाई सिलबन्दी गर्ने निर्णय गरेको छ । यस भन्दा अघि दुई वटा टोलमा सिलबन्दी जारी रहेकोल सिलबन्दी भएको टोलको संख्या आधा दर्जन पुगेको हो ।
जिल्लाको सप्तकोसी नगरपालिकाका तीन वटा टोल, र कञ्चनरुप नगरपालिकाको एउटा टोल बैठकले कोरोना संक्रमणको त्रासले सिलबन्दी गरेको छ । शनिबारबाटै लागू हुने गरी चार टोललाई सिलबन्दी गरको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।
सप्तकोसी नगरपालिकाको वार्ड नम्बर १ फत्तेपुर बजार, वार्ड नं. २ सिद्धिपुर, वार्ड नं. ४ बलारदह र कञ्चनरुप नगरपालिका २ बरमझिया टोललाई समितिले सिलबन्दी गरिएको उनले जानकारी दिए । शुक्रबार उद्यपुर जिल्लाको भुल्के स्थित मस्जिदमा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि जिल्लाको थप चार टोललाई सिलबन्दी गरेको हो ।
त्यस्तै संकट व्यवस्थापन समितिको बैठकले सिलबन्दी गरिएको टोलको मस्जिद वरिपरीका सम्पूर्ण बासिन्दाको आरडीटी र स्बाव संकलन गरी परीक्षण लागि पठाइने निर्णय समेत गरेको छ । यसैगरी नेपाली सेनाको सहयोगमा बोदेबरसाइन नगरपालिका ५ जाँजर वरिपरीवासीको आइतबारदेखि आरडीटी र स्वाब संकलन कार्य सुरु गरिने निर्णय भएको बताइएको छ । सो स्थानमा गत फागुन ३–५ गते मुस्लिम समुदायको इज्तिेमा (इस्लामिक धार्मिक सम्मेलन) आयोजना गरिएको थियो ।
कोरोना भाइरस पुष्टि भएलगतै सप्तरीको सीमा सुरुङ्गा नगरपालिकाको भेडिया र सप्तकोसी नगरपालिकाको फत्तेपुर बजारनाकामा पूर्ण कडाइ गरिएको सप्तरी प्रहरीले जनाएको छ । आवतजावत पूर्ण रुपमा बनद गरिएको छ । यसअघि सप्तकोसी नगरपालिका स्तरीय विपद् व्यवस्थापन समितिले शनिबार बिहानदेखि नगरपालिकाको वार्ड नम्बर १ फत्तेपुर बजार, वार्ड नं. २ सिद्धिपुर र वार्ड नं. ४ बलारदह टोललाई सिलबन्दी गरिएको थियो ।
उद्यपुररका संक्रमितहरु सप्तकोसी र कञ्चनरुप नगरपालिकाको ती वार्डहरुको टोलमा रहेको मस्जिदमा केही दिन बसेर उद्यपुरतिर लागेको थाहा पाएर सिलबन्दी गरिएको हो । उद्यपुरमा पाइएको कोरोना संक्रमितका मानिसहरु ती चार टोलका मस्जिदमा बसेको प्रारम्भिक बयानमा खुलेकोले सिलबन्दी गरेको बताइएकोे छ ।
उद्यपुरमा कोरोना संक्रमित भेटिएका भारतीय तथा नेपाली नागरिकहरु गत फागुन ३–५ गते सप्तरीको बोदेबरसाइन नगरपालिका ५ जाँजर स्थित आयोजित इज्तिेमा (इस्लामिक धार्मिक सम्मेलन) सहभागी भएको थियो । त्यसपछि जिल्लाको विभिन्न मस्जिदमा जमात बस्दै उदयपुर पुगेको बताइएको छ । यसअघि गत बुधबार(३ गते) दुईजना जमातीको ¥यापिड डाइग्नोस्टिक टेस्ट रिपोर्टमा कोरोना पोजेटिभ पाएपछि जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ बेलही टोल र खडक नगरपालिका ११ को जाँजर बनौली टोललाई गरिएको सिलबन्दी अझै जारी रहेको छ ।
गत मंगलबार गरिएको ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी)को रिपोर्टमा तिलाठी कोइलाडी गाउँपालिका १ बेलहीका ५८ वर्षीय र खडक नगरपालिका ११ जाँजर बनौलीका ५१ वर्षीय गरी दुई जनामा कोरोनाको पोजेटिभ पाइएको थियो । त्यसपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा नेगेटिभ पाइएको छ । सिलबन्दी गरिएका टोलहरुबाट बाहिर कसैलाई निस्किन नदिएको र बाहिरबाट समेत टोल भित्र पस्न दिएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस सबैभन्दा कमजोर
फागुन २, २०८१ शुक्रबार
शिक्षकको अभाव टार्न प्रदेश स्वयंसेवक शिक्षक परिचालन गर्दै मधेस सरकार
फागुन २, २०८१ शुक्रबार
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
माघ २८, २०८१ सोमबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार