किट अभावले कोरोना शङ्कास्पद परीक्षणबिनै फर्कन बाध्य
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_IkS6HNro9I.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ७, २०७७ आइतबार १७:१८:५९
![](https://nepalbahas.prixacdn.net/media/albums/CORONA-14_tAYzg0VF52.jpg)
७ वैशाख, जाजरकोट । जिल्लाको शिवालय गाउँपालिकामा विदेशबाट आएकालाई कोरोना परीक्षणका लागि बोलाएर किट सकिएको भन्दै फिर्ता पठाइएको छ । कोरोना परीक्षणका लागि शिवालय गाउँपालिकामा पुगेका १७ जना किट अभावमा परीक्षणबिनै फर्कन बाध्य भएका छन् ।
गाउँपालिकाले भारत र अन्य मुलुकबाट हालै आएकाको कोरोनाको द्रुत खोज परीक्षण गर्नका लागि सम्पर्कमा आउन सार्वजनिक सूचना जारी गरेको थियो । परीक्षणका लागि शनिबार विदेशबाट आएका ४१ जना उपस्थित भए पनि किट २४ मात्रै भएकाले अन्य १७ जना परीक्षण नगरी फर्कन बाध्य भएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बुढाले बताए । एक महिनाको अवधिमा आएका उनीहरु सबै होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।
कोरोना परीक्षणका लागि शनिबार किटसहित जिल्ला अस्पतालका चिकित्सक औसरसिंह राठौरसहितको टोली शिवालय पुगेको थियो । जिल्लामै किट नहुँदा थोरै लिएर आएको तर परीक्षण गर्नेको सङ्ख्या धेरै हुँदा फर्काउनुपरेको डा राठौरले बताएका छन् । परीक्षण गरिएका २४ सबैको कोरोना रिपोर्ट नेगेटिभ आएको डा राठौरले बताएका छन् । बाँकीको पुनः किटको व्यवस्था गरेर परीक्षण गरिने गाउँपालिका अध्यक्ष नरेन्द्र शाहीले बताएका छन् । कर्मचारी र अन्य सर्वसाधारणले पनि परीक्षण गर्नुपर्ने भएकाले कम्तीमा शिवालय गाउँपालिकामा मात्र एक हजार किटको आवश्यकता पर्ने शाहीको भनाइ छ ।
जाजरकोटमा हालसम्म गरिएको कोरोनाको द्रुत परीक्षणबाट २९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । छ पालिकामा कोरोनाको द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । शिवालयमा २४, भेरी नगरपालिकामा ८४, जुनीचाँदे गाउँपालिकामा ६१, बारेकोट गाउँपालिकामा ५५, नलगाड नगरपालिकामा ४३ र छेडागाड नगरपालिकामा २४ जनाको द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।
एक महिनायता भारत र अन्य मुलकबाट आएकाहरुको परीक्षण गरिएको हो । अन्यको भने किट अभावमा हुनसकेको छैन । सरकारले जाजरकोट जिल्लाका लागि ३०० आरडिटी किट मात्र पठाएको हो । पाँच सय जति विदेशबाट मात्र आएका छन् । विदेशबाट आएका र शङ्कास्पदको समेत परीक्षण गर्न सकिएको छैन ।
लकडाउनकै समयमा देशका विभिन्न शहरबाट आएकाहरुको भने किट अभावले परीक्षण गर्न नसकिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताएका छन् । अहिलेसम्म परीक्षण गरिएका सबैमा नेगेटिभ रिपोर्ट आएको छ । उनले भने, “थप परीक्षणको दायरा बढाउन कम्तीमा तत्काल आवश्यक आरडिटी किट माग गरेका हौँ तर स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतमा समेत किट नभएपछि समस्या देखिएको छ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाँच सय बेडको नारायणी अस्पताल निर्माण गर्न आगामी बजेटमा व्यवस्था गरिनेछ : ओली
फागुन ४, २०८१ आइतबार
छोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार