सरकारी राहतमा पहुँच नपुग्नेका लागि नुवाकोट कांग्रेसले सघाउने
नेपालबहस संवाददाता
बैशाख ७, २०७७ आइतबार २१:३४:५९
७ बैशाख, काडमाडाैं । कोरोना भाइरसको संक्रमण आगामी दिनमा अझै कष्टप्रद हुनसक्ने भन्दै नुवाकोट कांग्रेस सभापति जगदीश्वर नरसिंह केसीले जिल्ला तहमा नै राहत कोष निर्माणको पहल थालेका छन् । सिंगो पार्टी पंक्तिबाट सहयोग जुटाएर कोरोनाविरुद्ध लड्न उनले सबैमा आह्वान समेत गरेका छन् ।
नुवाकोट कांग्रेसका तर्फबाट भएको तयारीबारे जानकारी दिदैं नेता केसीले आज बिहान जिल्ला कार्यसमिति पदाधिकारी सम्मिलित छलफलबाट राहत कोष स्थापना गरिने जानकारी दिएका हुन् । पार्टीका तर्फबाट आज जारी प्रेस विज्ञप्तिमा कोरोना आतंक तीब्र रुपमा फैलिरहेकाले सिंगो पार्टी संरचना र नेता कार्यकर्ताको संयुक्त पहलमा महामारी नियन्त्रण गर्न लागिपरेको उल्लेख गरिएको छ ।
कोरोना प्रभावको तत्कालिक र दीर्घकालिक प्रभावको विश्लेषण गरी न्यूनीकरणको उपाय अबलम्बन गर्नु मानवीय धर्म हो भन्दै नेता केसीले यसका लागि साझा प्रयास फलदायी हुने विश्वास व्यक्त गरेका छन् । तर वर्तमान केपी ओली नेतृत्वको सरकार भने एकल रुपमा हिंड्न खोज्दै छ भन्दै सभापति केसीले सिंगो संसार एकजुट भएर कोरोनाविरुद्ध लडिरहेका बेला यस्तो दुस्साहस गर्नुका पछाडि कमिशन र भ्रष्ट्राचार नै मूलकारण रहेको आरोप लगाएका छन् ।
सहमति, सहकार्य र समन्वयमा कोरोनाविरुद्ध लड्नुपर्नेमा ओली भने असहिष्णु र अनुदार ढंगले हिंड्न खोज्दै छ– नेता केसीले भनेका छन् । महामारीका नाममा कार्यकर्ता पोस्ने काम गलत भएको भन्दै यस्तो संकटका बेला सुकुम्बासी आयोग बनाएर मुलुक लुट्न खोजिएकोमा नेता केसीले चोटिलो प्रहार गरेका छन् । भोकै प्यासै सयौं किलोमिटर नांगो खुट्टा हिंडिरहेका मजदूर र श्रमजीवीलाई दुख दिन सरकारले कार्यकर्तारुपी अरिंगाल खटाएर आफ्नो वास्तविक रुप र चरित्र उदांगो पारेको भन्दै सरकारी राहत बाँड्दा समेत कार्यकर्ता पोस्ने काम भएकोमा उनले आपत्ति प्रकट गरेका छन् ।
सरकारको यही अकर्मण्य र अविवेकी चरित्रले हामीलाई सामाजिक उत्तरदायित्ववोध भएको भन्दै सभापति केसीले यस्तो राहत कोष स्थापना गर्न लागेको जानकारी दिएका छन् । आगामी दिनमा भोकमरीको अर्काे समस्या आइपर्ने भन्दै उनले यसबाट बचाउने दायित्व नेपाली कांग्रेसको हो भन्दै सरकार गैर जिम्मेवार भयो भन्दैमा आफूहरु मूकदर्शक बन्न नसक्ने स्पष्ट गरेका छन् ।
पार्टीका सबै तह र भातृ एवं शुभेच्छुक संस्थाहरुको सहयोगमा कोष सुदृढ बनाइने भन्दै राहत व्यवस्थापन गर्न सबैमा आह्वान गरेका छन् । यस प्रयोजनका लागि पार्टी सम्बद्ध सबैसँग गच्छे अनुसार नगद वा अन्य सामग्री उपलव्ध गराउन पार्टीले आह्वान गरेको पनि उनले बताए । दाताले हामीलाई सोझै वा वडा,गाउँ वा नगर समितिमार्फत पनि कोषमा जम्मा गर्न सकिने जानकारी दिंदै नेता केसीले केन्द्रीय कार्यसमिति सदस्य, सांसद वा सांसदका उम्मेदवारलाई समेत कोषमा रकम जम्मा गर्न आग्रह गरेको जानकारी दिए ।
यसरी जम्मा भएको राहत जुन गाउँबाट प्राप्त भएको हो सोही ठाउँमा वितरण गरिने पनि सभापति केसीले बताए । साथै केन्द्रीय कार्यसमिति सदस्य र सांसद तथा सांसदका उम्मेदवारबाट उपलव्ध हुने राहत भने जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा वितरण गर्ने नीति अख्तियार गरिने पनि उनले स्पष्ट गरेका छन् । कोषमा प्राप्त नगद वा जिन्सी वितरण गर्दा एकद्वार प्रणालीमार्फत गरिने छ भन्दै उनले यसका लागि प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिका वा वडासँग समन्वय गरिने जानकारी दिएका छन् ।
कोष परिचालन र संयोजनका लागि पार्टी पदाधिकारी, क्षेत्रीय सभापतिहरु, नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, नेपाल ट्रेड युनियन कांग्रेस, नागरिक समाज र उद्योग वाणिज्य संघका प्रतिनिधि रहने जिल्ला समन्वय समिति बनाइने छ ।राहत कोषमा नगद जम्मा गर्न पार्टीले सदरमुकाम बिदुरस्थित नेपाल बैंक लिमिटेडको खाता नम्बर ००२६११००२८६११०००००१ लाई आधिकारिक बनाएको जानकारी पनि सभापति केसीले दिएका छन् । साथै उनले व्यक्तिलाई भन्दा बैंकमार्फत सहयोग गरिदिनसमेत सम्बन्धित सबैलाई आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनिर्यात ३१ प्रतिशतले बढ्दा पनि व्यापार घाटा उच्च
माघ ८, २०८१ मंगलबार
मेची भन्सारबाट २ अर्ब ९५ करोड बराबरको चिया निर्यात
माघ ८, २०८१ मंगलबार
मुलुकको अर्थतन्त्र विगतको भन्दा सुधारोन्मुख हुँदै गएको छः अर्थमन्त्री पौडेल
माघ ६, २०८१ आइतबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार
मकवानपुरमा रुखले च्यापिँदा बालकको मृत्यु
माघ १८, २०८१ शुक्रबार
आयल निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य
माघ १८, २०८१ शुक्रबार
लेबनानको आर्थिक सुधारमा विश्व बैंकको प्रतिबद्धता
माघ १८, २०८१ शुक्रबार
मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ
माघ १८, २०८१ शुक्रबार
एलिना चौहानले हालिन् सम्बन्धविच्छेदको मुद्दा, पतिसँग अंश र माना चामल नलिने
माघ १८, २०८१ शुक्रबार