डा. पुन स्पष्टीकरण दिन स्वास्थ्य मन्त्रालयमा
नेपालबहस संवाददाता
बैशाख ७, २०७७ आइतबार २१:४९:४४
७ बैशाख, काठमाडौं । सरकारको आँखामा कसिंगर बनेका डा. शेरबहादुर पुन अन्ततः मन्त्रालयले सोधेको स्पष्टीकरणको जवाफ लिएर स्वास्थ्य मन्त्रालय पुगेका छन् । उनले आज मात्रै मन्त्रालयको स्पष्टीकरण पत्र बुझेका थिए ।
वर्तमान सरकारको गलत शैली र प्रक्रियाको विरोध गर्ने उनको स्वभावका कारण स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उनीमाथि पूर्वाग्रह राखी कारवाही गर्न लागेका छन् ।
स्रोतका अनुसार डा.पुन लिखित स्पष्टीकरण बोकेर भर्खरै मन्त्री ढकालको कार्यकक्ष प्रवेश गरेका छन् । बिगत १८ वर्षदेखि टेकु अस्पतालमा करारमा काम गरिरहेका डा. पुन सरुवा रोग विशेषज्ञ हुन् । मन्त्री ढकालले डा. पुनले सञ्चारमाध्यममा जथाभावी अन्तर्वार्ता दिएको निहुँमा मन्त्रालयमा हाजिर गराउन खोजेका छन् ।
तर भित्री कुरा चाहिं डा. पुनले ओम्नी समूहले ल्याएको आरडीटी कीटको गुणस्तरमा प्रश्न उठाएपछि मन्त्री ढकाल आक्रोशित भएका हुन् ।
र यो पनि पढ्नुस………………
ψ ओम्नीको भण्डाफोर गर्ने डा. पुनमाथि स्वास्थ्यमन्त्रीले पोखे आक्रोश
डा.शेरबहादुर पुनबारे अनर्गल लेख्ने लेखाउने कार्य नगर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुस्मा कोइराला अस्पताललाई जलन उपचार केन्द्रमा विकास गरिने
मंसिर १४, २०८१ शुक्रबार
अब अस्पतालहरू सेवाका आधारमा वर्गीकरण हुन्छन्ः मन्त्री पौडेल
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
नेपाल र चीनको परराष्ट्र मन्त्रालयले भने प्रधानमन्त्री ओलीको चीन भ्रमणको सबै तयारी सकियो
मंसिर १४, २०८१ शुक्रबार
विराट कोहली आरसीबीको अर्को कप्तान बन्ने
मंसिर १४, २०८१ शुक्रबार
तातोपानी कुण्डमा स्नान गर्दै
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक सञ्जाल प्रयोगकर्तालाई दण्डनीय कार्य नगर्न गृहको चेतावनी, के के गर्दा हुन्छ कारवाही ?
मंसिर १४, २०८१ शुक्रबार
अर्जुनधारामा बालाचर्तुदशी मेलाको तयारी पूरा
मंसिर १४, २०८१ शुक्रबार
बागमती नदीमा छाडियो मेलम्चीको पानी
मंसिर १४, २०८१ शुक्रबार