गल्याङ नगरपालिकाको कोषमा सभासद मुक्ति पाठकद्वारा २१ हजार र विपिसीबाट ५० हजार रुपैयाँ सहयोग
नेपालबहस संवाददाता
बैशाख ७, २०७७ सोमबार ४:१५:५७
७ बैशाख स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन राहत कोशमा ११ लाख रुपैयाँ संकलन भएको छ । नगरपालिकाको राहत कोशमा आइतबार सम्ममा ११ लाख तीन हजार, छ सय ७६ रुपैयाँ राहत रकम जम्मा भएको हो ।
आइतबार संविधानसभा सदस्य मुक्तिप्रसाद पाठकले २१ हजार रुपैयाँ राहत कोशका लागि नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरे । गल्याङ नगरपालिका ७ स्थायी घर भएका पाठकले नगरपालिकाको राहत कोशमा रकम जम्मा गरेका हुन् । राहत रकम हस्तान्तरण गर्दै सभासद पाठकले पीडितहरुको सेवामा थोरै भएपनि सहयोग गरेको बताए ।
उनले कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि साबधानी अपनाउने क्रममा धेरै जनता विपत्तीमा परेको भन्दै उनीहरुको उद्दारमा स्थानीय तह पनि चनाखो भएर लाग्नुपर्नेमा जोड दिए । यस्तै, बुटवल पावर कम्पनी विपीसी गल्याङ शाखाको तर्फबाट शाखा प्रमुख डोल खरेलले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोशमा रु. ५० हजार सहयोग गरेका छन् ।
रकम ग्रहण गर्दै नगरप्रमुख भुपराज अधिकारीले विपन्न गरिबहरुका लागि सहयोग रकमको सही सदुपयोग गर्न प्रतिबद्व रहेको बताए । उनले प्राप्त सबै सहयोगहरुको उचित ढंगले परिचालन गरी वास्तविक गरिबलाई राहत दिन क्रियाशिल रहने बताए । नगरप्रमुख अधिकारीले कहिलेसम्म यो सन्त्रास रहन्छ भन्ने कुराको कुनै टुङ्गो नभएकाले साबधानी अपनाएर बस्नुको विकल्प नभएको बताए ।
सहयोग हस्तान्तरण बुटवल पावर कम्पनी आँधीखोला केन्द्र गल्याङ शाखाका प्रमुख डोल खरेलले बुटवल पावर कम्पनीको तर्फबाट केन्द्रीय तह देखि नै सहयोग गरिएको जानकारी दिए । उनले स्थानीय तहमा पनि थोरै भएपनि सहयोग गरेर एक्यबद्वता जनाउन खोजिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
म्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
दमकमा दुई जना युवतीसँग होटलमा बसेका युवा मृत फेला
पुष ४, २०८१ बिहिबार
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
पुष ४, २०८१ बिहिबार
असदको पतन रुसका लागि ‘पराजय’ होइन: पुटिन
पुष ४, २०८१ बिहिबार
मध्पुरथिमिमा नवदुर्गा नाच प्रदर्शन
पुष ४, २०८१ बिहिबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
सञ्चारमन्त्री गुरुङद्वारा भवन उद्घाटन
पुष ४, २०८१ बिहिबार