कोरोनाबाट अफगान राष्ट्रपति कार्यालयका दर्जनौँ कर्मचारी सङ्क्रमित
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार १६:५७:५५
८ बैशाख एजेन्सी । अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको विवरणहरूमा जनाइएको छ। यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ।
अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि सङ्क्रमण देखिएको छ वा छैन भन्ने कुनै खबर छैन। सतरी वर्षीय राष्ट्रपति गनीले सन् १९९० को दशकमा क्यान्सरका कारण आफ्नो पेटका केही भाग गुमाएका खबरहरू आएका थिए।
कोरोना भाइरसबाट राष्ट्रपति कार्यालयमा २० जना सङ्क्रमित भएका छन्। यद्यपि, मानिसहरू नआत्तिऊन् भन्ने सुनिश्चित गर्न यसलाई बाहिर नल्याइएको हो । राष्ट्रपति कार्यालयले बिहीवार गरेको एउटा ट्वीटमा राष्ट्रपति गनीले भिडिओ लिङ्कमार्फत मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेको देखिन्छ। तर त्यसयता उक्त ट्वीटर खातामा राष्ट्रपतिले इरानी अधिकारीहरूसँग दूरीमा बसेर बैठकहरू गरेका तस्बिरहरू राखिएका छन्।
अफगानिस्तान सरकारले शनिवार दिएको तथ्याङ्क अनुसार त्यहाँ ९३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ। सङ्क्रमित हुनेको सङ्ख्या कम देखिए पनि दशकौँ लामो द्वन्द्वका कारण अफगानिस्तानको स्वास्थ्य सेवा एकदमै कमजोर छ र उनीहरूसँग परीक्षण गर्ने साधन पनि सीमित मात्रै छ। तर अफगानिस्तानमा कोरोनाभाइरसको सङ्क्रमण निकै धेरै भएको आशङ्काहरू व्यक्त गरिएका छन्।
मार्च महिनामा डेढ लाखभन्दा बढी अफगानहरू कोरोना भाइरसबाट निकै प्रभावित बनेको इरानबाट स्वदेश फर्किएका थिए। त्यस्तै दशौँ हजार मानिस पाकिस्तानबाट पनि फर्किएका थिए। अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलसम्म विश्वभरि २४ लाख २,७९८ सङ्क्रमित भएका छन् भने एक लाख ६५ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार अहिलेसम्म अफगानिस्तानमा सङ्क्रमित हुनेको सङ्ख्या ९९६ छ भने ३३ जनाको मृत्यु भएको छ।
दक्षिण एशियाका देशमध्ये भारत, पाकिस्तान र बाङ्ग्लादेशपछि सङ्क्रमित हुनेको सङ्ख्या अफगानिस्तानमा धेरै रहेको छ। अफगानिस्तानपछि श्रीलङ्कामा सङ्क्रमित हुनेको सङ्ख्या २७१ छ भने त्यहाँ अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ। माल्दिभ्स, नेपाल अनि भुटानमा सङ्क्रमित हुनेको सङ्ख्या ५२, ३१ र ५ रहे पनि यी देशमा अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार