मासु पसल अनुगमन, उपभोक्ता ठग्ने पसलका तराजु जफत
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार २२:२७:४०
८ वैशाख, भक्तपुर । नगरपालिकाले दत्तात्रय, च्याम्हासिंह, कमलविनायक र लान्चाफल्चालगायतका क्षेत्रमा सञ्चालित राँगोको मासु पसलका अनुगमन गरेको छ । नगरपालिकाको पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भएको अनुगमनमा अधिकांश मासु पसलले उपभोक्ता ठगी गरेको पाइएपछि तराजु जफत गरेको छ ।
कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको अवस्थामा मासु पसलेले मनपरी मूल्य लिई कालोबजारी गरी राँगोको मासु महँगोमा बिक्री वितरण गरेको, अधिकांश मासु पसल न्यूनतम मापदण्ड नपुगेको पाइएपछि अधिकांश पसलका तराजु जफत गरिएको संयोजक राजकृष्ण गोराले जानकारी दिएका छन् ।
अनुगमनमा सालागणेश मिट सप, बालकुमारी कोल्ड स्टोर, रत्न शाहीको राँगोको मासु पसल, महिमा मिट सप, सुमन मिट सप दर्ता नवीकरण नगरेको, ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, डिजिटल तराजु प्रयोग नगरेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, महँगोमा मासु बिक्री र मूल्यसूची नराखेको पाएपछि ती सबै पसलको एक एक थान तराजु जफत गरेको छ।
अनुगमन गरिएका सबै पसललाई देखिने गरी मूल्यसूची राख्न, कालो बजारी नगर्न, कुखुरा र राँगोको मासु छुट्टै फ्रिजमा राख्न, मासु झिँगा नभन्किने गरी जालीले छोप्न, ढक तराजु नापतौल विभागमा नवीकरण गर्न, पसलमा मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, सफाइमा ध्यान दिन निर्देशन दिएको अनुगमनका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार