लकडाउनका कारण अलपत्र परेका मजदूरको उद्धारमा सक्रिय बन्दै स्थानीय तह
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार २३:१३:३१
८ वैशाख, प्यूठान । मुलुकका विभिन्न जिल्लाबाट पैदलै घर फर्किदै गरेका मजदूरलाई प्यूठानका स्थानीय तहले सवारी साधनको व्यवस्था गरी गन्तव्यसम्म पु¥याउने काम गरेका छन् । बाहिरी जिल्लाबाट स्थानीय तहले सीमामा राखिएको हेल्पडेस्कसम्म ल्याएर छोड्ने र त्यहाँबाट सम्बन्धित जिल्लाका स्थानीय तहको सहकार्यमा सीमापार गराउने गरिएको प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुनकुमार कक्षपतिले जानकारी दिए । बन्दाबन्दीको समयमा आधा बाटोबाट भए पनि घर जान पाएपछि पैदलयात्रु खुशी भएका छन् ।
काठमाडौँ, गुल्मी, कास्की, धादिङ, पर्वत, बाग्लुङलगायतका जिल्लामा खानेपानी, पुल, मोटरबाटो, भवन निर्माणलगायतका योजनामा काम गर्ने मजदूरहरु बन्दाबन्दी लम्बिएर कामविहीन भएपछि लामो दूरीको कष्टकर पैदल यात्रा गरी धमाधम घर फर्किन थालेका हुन् । पैदलयात्राबाटै बीचबाटोसम्म आइपुगेकालाई गुल्मी, बाग्लुङ, प्यूठान, दाङ, बाँके, बर्दिया जिल्लाका विभिन्न स्थानीय तहको समन्वयमा सम्बन्धित स्थानीय तह र मजदूरको घरसम्म पु¥याउने काम भएको छ । प्यूठान नगरपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका, माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकाको समन्वयमा सयौँ पैदलयात्रीको उद्धार गरी खाना खुवाएर सम्बन्धित स्थानसम्म पु¥याइएको प्यूठान नगरपालिकाका नगर प्रमुख कक्षपतिले बताए ।
स्थानीय तहले समन्वय गरी उद्धार गर्न थालेपछि मजदूर हर्षित बनेका छन् । लामोदूरीको यात्राले थाकेको अवस्थामा पेटभरि खाएर घर जान पाउँदा दुःख बिर्सिएको बर्दिया जिल्लाको बार बर्दिया नगरपालिका– ९ बनगाईकी ३० वर्षीया सीता सार्कीले बताए । बाग्लुङको जैमुनी नगरपालिका–३ रामखोलाको सडकमा जाली भर्ने काम गर्ने २५ जनाको समूह थियो । सडक मर्मतको काम गर्दै आएका मजदूर बन्दाबन्दीपश्चात कामविहीन हुनुप¥यो । वाग्लुङबाट गुल्मी, प्यूठान, दाङ, बाँके हुँदै बर्दिया पुग्ने तयारीमा करिब तीन दिन पैदल हिँडेर गुल्मीको रेसुङगा नगरपालिकामा आएका मजदूरलाई रेसुङ्गा नगरपालिकाले प्यूठान नगरपालिकासँग समन्वय गरी पठाएको थियो ।
पर्वत र गुल्मी हुँदै आएका १६ जना मजदूर पनि सजिलै घर जान पाएपछि खुशी देखिन्थे । ३ गते बन्दाबन्दी सकिने र काम पाइने आशामा रहेका मजदूर बन्दाबन्दीको समय थप भएपछि घर फर्किनुको विकल्प नभएको प्यूठान नगरपालिका– ६ माझकोटका नारायणबहादुर पुनले बताए । “धेरै पीडा भोगेर धन्न आइपुग्यौँ”, उहाँले भन्नुभयो, “पानी मागेर खान खोज्दा खान दिनु त के छुनसमेत बन्देज गरियो ।”
गण्डकी प्रदेशको पर्वतको विहादी गाउँपालिका– ३ रानीपानीमा खानेपानी निर्माण योजनामा १९ जना मजदूर कार्यरत थिए । तीन जना बन्दाबन्दी हुनुअगावै फर्किए पनि १६ जना भने ३ गते बिहानै विहादीबाट हिँडेका थिए । अन्य जिल्लाबाट प्यूठानसम्म आएका पैदलयात्रीलाई गन्तब्यसम्म पु¥याउन स्थानीय तहले सक्रियता देखाएको प्यूठानका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए ।
“यातायातको व्यवस्थापन, खाना, आवासको व्यवस्थापनका विषयमा स्थानीय तहले सक्रियता देखाएका छन्”, प्रमुख जिल्ला अधिकारी पन्थले भने, “मजदूरको पीडामा स्थानीय तहले गरेको सहयोग सरहानीय छ ।” विभिन्न जिल्लाबाट मजदूरी गरी फर्किदै गरेकालाई सम्बन्धित जिल्ला एवं स्थानीय तहको समन्वयमा आवश्यक उद्धार गरिएको छ । नेपाल रेडक्रस सोसाइटी, नेपाली सेना, प्रहरी, उद्योग वाणिज्य सङ्घ, विभिन्न सङ्घसंस्थाले पैदलयात्रीलाई आवश्यक सहयोग गर्नुका साथै क्वारेन्टाइन व्यवस्थापन, हेल्पडेस्क निर्माण तथा आर्थिक सहयोग पु¥याएको प्रमुख जिल्ला अधिकारी पन्थको भनाइ छ ।
अर्घाखाँची– यहाँ तरकारी, फलफूल, मासु र अण्डाको आयातमा प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन बाहिरी जिल्लाबाट आयात हुने दूधजन्य पदार्थ खरिद बिक्रीमा समेत रोक लगाइएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार