लकडाउनको समयमा एसइई परीक्षाका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन
नेपालबहस संवाददाता
बैशाख ८, २०७७ सोमबार २३:५७:२३
८ वैशाख, दैलेख । एसइई परीक्षालाई लक्षित गरी दैलेखमा दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ । लकडाउनको समयमा एसइई तयारीमा बसेका विद्यार्थीले पढाइलाई पुर्नताजकी होस् भन्नका लागि दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाका धुव्रतारा एफएम र ज्वाला एफएमबाट दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय एकाइ दैलेख, सेभ द चिल्ड्रेन, एभरेष्ट क्लब दैलेख र स्थानीय तहको समन्वयमा आइतबारदेखि कार्यक्रम शुरु गरिएको हो ।
दूरशिक्षा रेडियो कार्यक्रम प्रत्येक हप्ताको आइतबार र बुधबार अङ्ग्रेजी, सोमबार र बिहीबार गणित तथा मङ्गलबार र शुक्रबार विज्ञान विषय शिक्षण गरिने शिक्षा एकाइका प्रमुख तेजबहादुर थापाले जानकारी दिएका छन् । जिल्लाका सबै ठाउँमा इन्टरनेटको पहुँच नहुने हुँदा रेडियोबाट कार्यक्रम गरिएको हो । अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सिकाइ उपलब्धि कमजोर भएको कारण एसइई परीक्षाका लागि दूरशिक्षा कार्यक्रम गर्न थालिएको हो, थापाले भने । दूरशिक्षा रेडियो कार्यक्रम बिहान सवा ८ बजेपछि एकै साथ प्रसारण गर्ने व्यवस्था मिलाइएको एभरेष्ट क्लबका कार्यक्रम संयोजक टेकराज आचार्यले बताएका छन् ।
यसैगरी गुराँस गाउँपालिका, सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र ९सोसेक० को सहयात्रा दोस्रो परियोजनाको सहयोगमा लकडाउनको कारण विद्यालय बन्द भएको अवस्थामा प्राथमिक तहका बालबालिकालाई घरमा पढाइलेखाइलाई मद्दत पु¥याउन बाल चौतारी रेडियो कार्यक्रम शुरु भएको छ । बाल सहभागितालाई बढावा दिइने यो कार्यक्रम रेडियो धु्रवतारा सामुदायिक एफएममा हप्ताको सोमबार, बुधबार र शुक्रबार साँझ ६ः३० बजेदेखि ७ बजेसम्म प्रसारण गर्ने व्यवस्था मिलाइएको सोसेक नेपालका कार्यक्रम निर्देशक नवराज बीसीले जानकारी दिएका छन् ।
जिल्लामा सञ्चालनमा रहेका यी दुई रेडियो दैलेखलगायत आसपासका जिल्लाहरूमा सुन्न सकिने भएकाले यस कार्यक्रमको प्रभावकारिता अझ धेरै रहेको ज्वाला एफएम रेडियो दैलेखका स्टेशन म्यानेजर पृथ बयलकोटीले बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमस्कको नयाँ दावीः मंगलग्रहमा पुग्न ९ महिना होइन, ९० दिनमा पुग्न सकिन्छ
मंसिर १८, २०८१ मंगलबार
नासाले बनायो विशेष रोबोट, वृहस्पतिको चन्द्रमामा हिउँमुनि समुन्द्रमा डुब्ने !
मंसिर १६, २०८१ आइतबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार