तीन हजार २६८ को आरडीटी परीक्षण,क्वारेन्टाइनमा बस्नेको सङ्ख्या पुग्यो ८२५
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ मंगलबार १५:३६:९
९ वैशाख, काठमाडौं । प्रदेश नं १ मा सोमबारसम्म तीन हजार २६८ जनाको कोभिड–१९ परीक्षण गरिएको छ । प्रदेश सरकारले दु्रत परीक्षण विधि (आरडीटी) र थ्रोट स्वाब (पीसीआर) विधिबाट उक्त परीक्षण गरेको हो । परीक्षण गरिएकामध्ये आरडिटी विधिबाट दुई हजार ६०९ र स्वाब (पीसीआर) बाट ६५९ जना रहेको छ ।
विराटनगरको कोशी अस्पताल र धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसीआर विधिबाट नमूना परीक्षण गरिन्छ । प्रदेश सरकारले जिल्लाका क्वारेन्टाइनमा बसेकाको आरडिटी विधिबाट स्थलगतरूपमा परीक्षण गरिरहेको मुख्यमन्त्रीको कार्यालयमा रहेको सूचना डेस्कले जनाएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या सोमबारसम्म ८२५ पुगेको छ भने १० घर फर्किएका छन् । यस्तै आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा आठ महिलासहित ३५ बसिरहेका छन् । होम क्वारेन्टाइनमा चार हजार ३४३ जना बसिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी रिहा
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार