उदयपुरमा कोरोना पुष्टिपछि घोडेटार पूर्णरुपमा बन्द
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ मंगलबार १७:४:१५
९ वैशाख, उदयपुर । छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि यहाँको दक्षिणी क्षेत्रमा पर्ने घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द गर्दै बजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको भोजपुर उद्योग वाणिज्य संघको घोडेटार शाखाले जनाएको छ ।
संघको घोडेटार शाखा र शाखाअन्तर्गत बनेको बजार व्यवस्थापन तथा अनुगमन समितिले यही वैशाख १५ गतेसम्म लागू हुने गरी घोडेटार बजार क्षेत्रभित्रका सम्पूर्ण पसल, होटल तथा अन्य व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको संघका घोडेटार शाखाका कार्यवाहक अध्यक्ष भीमबहादुर प्रधानले जानकारी दिएका छन् ।
कार्यान्वयन तथा अनुगमनको जिम्मा इलाका प्रहरी कार्यालय घोडेटारलाई दिइएको संघले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । दैनिक उपभोग्य सामग्रीको मात्र आयात गरी स्थानीय सरकारको निर्देशन र सिफारिसअनुसार बिक्रीवितरण हुने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार