गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिनुपर्छ : मुख्यमन्त्री पौडेल
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ मंगलबार १८:३१:६
९ वैशाख, काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनाको त्रासका कारण गाउँ फर्केका नागरिकको व्यवस्थापनमा ध्यान दिइनुपर्ने बताएका छन् । प्रदेशका विभिन्न जिल्लाका नगरपालिका तथा गाउँपालिकाका प्रमुखसँगको छलफलमा मुख्यमन्त्री पौडेलले भारत तथा अन्य देशबाट समेत रोजगारी गुमाएर फर्कनसक्ने लाखौँ युवाबारे ध्यान दिन सकिएन भने त्यसले गम्भीर असर गर्नसक्ने बताएका छन् ।
उनले एकल तथा सामूहिक एवं चक्लाबन्दी खेतीलाई व्यवस्थित गर्ने, पशुपालनलगायत कृषिमा रोजगारी एवं स्वरोजगारीको अवसर सिर्जना गर्नसक्ने हो भने त्यस्ता जनशक्तिको व्यवस्थापन हुने धारणा राखे । मुख्यमन्त्री पौडेलले अब हिजो बाँझो भएको खेत जोत्नुपर्ने र उत्पादनमा लाग्नुपर्ने बताएका छन् । “अब हरेक स्थानीय तहले कहाँ–कति खेतबारी बाँझो छन् र त्यसलाई कसरी उर्वर बनाउन सकिन्छ भन्नेतर्फ सोच्नुपर्छ”, मुख्यमन्त्री पौडेलले भने ।
उनले लकडाउनको अवधिमा रोकिएका साना विकास निर्माणका काम र कृषि उद्यमलाई सावधानीसहित र पूर्ण सुरक्षाका साथ पुनःसञ्चालन गर्न अनुरोध गरेका छन् । पौडेलले स्थानीय प्रशासनको निर्देशन मान्ने गरी प्रत्यक्ष निगरानीमा एउटै परिवारका सदस्य मिलेर सञ्चालन भएका तथा थोरै जनशक्ति भएका आवासीय घरेलु तथा साना उद्योग त्यसैलाई क्वारेन्टाइन मानेर सञ्चालन गराउन अनुरोध गरेका छन् ।
मुख्यमन्त्री पौडेलले कोरोना भाइरसको महामरीबाट बच्न विदेशबाट आएका हरेक नागरिक र तिनीसँग सम्पर्कमा रहेका आफन्तको परीक्षण गर्नुपर्ने हुँदा उनीहरुको खोजी गरी परीक्षण गर्नुपर्ने बताएका छन् । कतिपय त्यस्ता नागरिक लुकेरसमेत बसेको पाइएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । पौडेलले विभिन्न स्थानबाट गाउँ फर्कँदै गरेका नागरिक जो–कोहीलाई पनि गाउँ फर्कन व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले खाद्य सामग्री पु¥याएर रित्तै फर्किएका गाडीमा उनीहरुलाई पठाउँदा खर्चसमेत नलाग्ने भएकाले स्थानीय प्रशासनसँग समन्वय गरेर पठाउन अनुरोध गरे ।
मुख्यमन्त्री पौडेलले सिन्धुपाल्चोकको चौतारा साँगागढी नगरपालिका, मेलम्ची नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, शिवपुरी गाउँपालिका र बेलकोटगढी नगरपालिकाका प्रमुखसँग भिडियो कन्फरेन्समार्फत कुराकानी गरेका थिए । त्यस्तै मख्यमन्त्री पौडेलले आज दिउँसो १ बजे रसुवा र धादिङका विभिन्न स्थानीय तहका प्रमुखसँग कुराकानी गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार