ओलीको सुरक्षा कबच दुई अध्यादेश
इन्द्र रिजाल
बैशाख ९, २०७७ मंगलबार १९:६:१३
समाचार टिप्पणी
९ बैशाख, काठमाडौं । कोरोना भाइरसबिरुद्ध संसार भिडिरहेका बेला नेपाली राजनीतिक बजारले नयाँ बहस पाएको छ ।हिजो बिहान ११ बजेका लागि प्रधानमन्त्री केपी ओलीले डाकेको मन्त्रिपरिषद बैठकले बिचल्लीमा परेका मजदूरलाई घर पु¥याउने सन्दर्भमा छलफल गरी निर्णय लेला भन्ने आम अपेक्षा थियो । ओलीको मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरुको अनुमान पनि त्यस्तै थियो ।
तर प्रधानमन्त्री ओलीले बैठकको अन्त्य गर्ने बेला एकाएक राजनीतिक दल विभाजन र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गर्नुपर्ने विषय प्रवेश गराए । प्रधानमन्त्रीको प्रस्ताव सुनेपछि केही मन्त्रीले प्रतिकार गर्न खोजे । तर ओलीले कसैको सुनवाई गरेनन् । मन्त्रीहरुकै लागि समेत यो अप्रत्याशित प्रस्ताव थियो ।
ओलीको प्रस्तुति सामान्य रहेकाले यति चाँडै अध्यादेश आईहाल्ला जस्तो लागेको थिएन प्रचण्डलाई । हिजो साँझको क्याविनेटमा यो विषय ल्याएपछि मात्र प्रचण्डलाई पनि जानकारी भएको हो । त्यसले प्रचण्डलाई ठूलै धक्का लाग्यो । किनभने पूर्व माओवादीलाई अलग गर्न ओलीले तर्साएको अर्थमा प्रचण्डले यसलाई बुझेका छन् ।
तर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भने यसको छनक मिलिसकेको थियो । लामो समय संवादहिनता तोड्दै प्रधानमन्त्री ओलीले गएको शनिबार प्रचण्डलाई बालुवाटार निम्त्याएका थिए । छलफलका क्रममा ओलीले संसदीय परम्पराको मर्म बमोजिम दलसम्बन्धी ऐन नभएको जिकीर गरेका थिए । साथै संसदीय दल वा केन्द्रीय कमिटीमध्ये एकमा ४० प्रतिशत पुगे विभाजन गर्न सकिने प्रावधान उपयुक्त हुने बताएका थिए ।
प्रधानमन्त्री ओलीले आफूबिरुद्ध प्रचण्डको दौडधुप र षडयन्त्र उत्कर्षमा पुगेको सन्देश पाएका थिए । त्यसलाई पुष्टि गर्ने हेतुले प्रचण्डसँग छलफल गर्दा सो प्रसंग निकालेका थिए । सोही साँझ प्रचण्डले पूर्व माओवादी पक्षधर नेताहरुसँग यो प्रसंगमा छलफल गरेका थिए । तर तत्कालै आउने संभावना चाहिं नरहेको अर्थमा उनले ब्रिफिङ गरेका थिए । ओलीको प्रस्तुति सामान्य रहेकाले यति चाँडै अध्यादेश आईहाल्ला जस्तो लागेको थिएन प्रचण्डलाई । हिजो साँझको क्याविनेटमा यो विषय ल्याएपछि मात्र प्रचण्डलाई पनि जानकारी भएको हो । त्यसले प्रचण्डलाई ठूलै धक्का लाग्यो । किनभने पूर्व माओवादीलाई अलग गर्न ओलीले तर्साएको अर्थमा प्रचण्डले यसलाई बुझेका छन् ।
साथै, आइतबार ओलीले यस सन्दर्भमा अर्का नेता माधवकुमार नेपाललाई समेत जानकारी दिएका थिए । बालुवाटारमा नेता नेपाललाई बोलाएर यसबारे चर्चा गरेका थिए ओलीले । नेता नेपाललाई चाहिं राष्ट्रिय जनता पार्टीको एउटा हिस्सा छुट्टिएर नेकपासँग एकीकरण गर्न इच्छुक रहेको जानकारी आफूले पाएको भन्दै आश्वस्त तुल्याउने प्रयास गरेका थिए । नेता नेपाललाई पनि तत्कालै अध्यादेश ल्याउने चाहिं भनेका थिएनन् प्रधानमन्त्रीले । तर ओलीले नेपाललाई पनि घुमाउरो पारामा प्रचण्डसँग सति जानेकी पूर्व एमालेको साख जोगाउने भन्ने सन्देश दिन खोजेका थिए । एक किसिमले भन्ने हो भने चेतावनी नै दिने प्रयास गरिएको थियो ।
पहिलो आफूलाई सचिवालयमा घेराबन्दी गरेर अल्पमतमा पार्न खोजे ४० प्रतिशत सांसद लिएर नेकपा एमाले ब्यूँताउन सक्छु भन्ने हो । दोस्रो भनेको प्रचण्डलाई ४० प्रतिशत लिएर आफ्नो बाटो लाग भन्ने हो । यस्तै तेस्रो भनेको संवैधानिक परिषदमा विपक्षी दलको कुनै अर्थ छैन र मैले चाहेका मानिसलाई अब भटाभट संवैधानिक पदमा नियुक्त गर्छु भन्ने हो ।
तर नेता झलनाथ खनाललगायत कसैलाई पनि ओलीले यसको छनक दिएका थिएनन् । ओलीले हठात् रुपमा ल्याएको भनिएपनि यो पूर्वयोजना बमोजिम आएको कतिपयको बुझाई छ । प्रधानमन्त्री ओलीले अध्यादेश जारी गर्नुअघि राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतवार नै लामो छलफल गरेका थिए । त्यसैले क्याविनेटले पास गरेर पठाएको दुई घण्टा भित्रै अध्यादेश प्रमाणिकरण भएर राजपत्रमा प्रकाशित भयो ।
क्याविनेटले विधेयक पास गरेको जानकारी सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि मात्र प्रधानमन्त्री ओलीले सचिवालय बैठक डाके । बैठकमा अध्यादेश सिफारिश गर्नु सामान्य भएको प्रतिक्रिया दिए । तर प्रचण्ड लगायत झलनाथ खनाल चाहिं प्रधानमन्त्री निरंकुश हुन थालेको भन्दै फिर्ता गर्न माग गर्दै थिए । यसैबीच सचिवालय बैठकमा सन्देश आयो– राष्ट्रपतिबाट प्रमाणिकरण भईसक्यो । त्यसपछि नेता नेपालले अब सचिवालयमा छलफल गर्नु भनेको लगनपछिको पोते जस्तै हो भन्ने प्रतिक्रिया दिए ।
प्रधानमन्त्री ओलीले दुई अध्यादेश जारी गराएर मूलतः तीनवटा सन्देश प्रवाहित गरेका छन् । पहिलो आफूलाई सचिवालयमा घेराबन्दी गरेर अल्पमतमा पार्न खोजे ४० प्रतिशत सांसद लिएर नेकपा एमाले ब्यूँताउन सक्छु भन्ने हो । दोस्रो भनेको प्रचण्डलाई ४० प्रतिशत लिएर आफ्नो बाटो लाग भन्ने हो । यस्तै तेस्रो भनेको संवैधानिक परिषदमा विपक्षी दलको कुनै अर्थ छैन र मैले चाहेका मानिसलाई अब भटाभट संवैधानिक पदमा नियुक्त गर्छु भन्ने हो ।
खासगरी अख्तियार दुरुपयोग अनुन्धान आयोगमा रिक्त पदमा नियुक्त गरी क्यान्टोन्मेण्ट काण्ड ब्यूँताएर प्रचण्डको दोहोलो काढ्ने अभिप्रायले यो काम सहज बनाउन खोजेको हुनसक्छ । उक्त फाइल अहिले पनि अख्तियारमा विचाराधिन अवस्थामा छ । जसरी भएपनि आफ्नाे अनुकुल परिवेश बनाउने अभिप्रायले ओलीका कदम परिचालित भएको बुझ्न कठिन छैन ।
विपक्षी दल कमजोर भएका बेला र देश महामारीसँग जुधिरहेका बेला ओलीले यस्ता निर्णय गरेका छन् । यसैबाट पनि पुष्टि हुन्छ की महामारीको त्रासमा उनी अनकण्टक शासन गर्न चाहन्छन् । अब उनकै पार्टीका नेताले यो परिघटनालाई कसरी ग्रहण गर्छन् त्यसै आधारमा देशको राजनीति अगाडि बढ्ने देखिन्छ । सचिवालय बैठक लगत्तै हिजो राति प्रचण्ड लगायत नेताहरु माधव नेपाल कहाँ भेला भएर छलफल गरेका छन् । तर अब कसरी जाने भनेर चाहिं ठोस निर्णय गर्न नसकेकोे स्रोतको भनाई छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार