मजदुरको शव गाडेको आरोपमा इँटाभट्टा सञ्चालक पक्राउ
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ मंगलबार २१:३७:३९
९ वैशाख, जनकपुर । इँटाभट्टामा करेन्ट लागेर मृत्यु भएका एक जना मजदुरको शव गाडेको आरोपमा इँटाभट्टाका दुई जना सञ्चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाका विदेह नगरपालिका वडा नं ३ को जोगियामा रहेको भगवती इँटाभट्टा सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीका अनुसार सो भट्टाका मजदुर सुक्ता नदाफको करेन्ट लागेर मृत्यु भएपछि सञ्चालकले नदाफको शव प्रहरीलाई कुनै जनकारी नगराई इँटाभट्टा परिसरमा नै गाडेका थिए । ४० वर्षीय नदाफको सोमबार साँझ भट्टामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।
नदाफको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ भने पक्राउ गरिएका सञ्चालकहरुको अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार