असिना पानीले लाखौं मूल्य बराबर बालीनाली नष्टः किसान चिन्तित
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ मंगलबार २२:०:१
९ वैशाख, बागलुङ । सोमबार दिउँसोदेखि परेको असिना पानीले लाखौं मूल्य बराबरको अन्नबाली नष्ट गरेको छ । जिल्लाको बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिकालगायत क्षेत्रमा परेको असिना पानीले हिउँदे बाली र मौसमी तरकारी खेतीमा ठूलो क्षति पुगेको किसानले बताएका छन् । लामो समयसम्म भारी असिना परेपछि सडक तथा खेतबारी असिनाले केही बेर ढपक्कै छोपेको थियो । असिनाले थिचेर खेतबारीमा भित्राउने बेलाको गहुँ, भर्खरै उम्रिँदै गरेका मकै, जौ, फापरलगायत अन्नबाली नष्ट गरेको काठेखोला गाउँपालिका—२ का किसान बिक्रम शर्माले बताएका छन् ।
बागलुङ नगरपालिका—९ सिगानामा रहेको सुन्तला बगान र जैमिनी नगरका विभिन्न वडामा रहेको सुन्तला बगानमा समेत असिनाले थिचेर क्षति पुगेको जैमिनीका किसान भमि शर्माले बताएका छन्। काँठखोला गाउँपालिका— २ र ३ वडामा सोमवार दिउँसो भीषण रुपमा परेको असिना पानीले माटोसमेत बगाएको थियो । असिना पानीले पाकेको अन्नबाली र तरकारी बाली पूर्णरुपमा नष्ट बनाएको किसान बताउँछन् ।
बागलुङमा अहिले हिउँदे बाली भित्राउने र मकै बाली लगाउने समय हो । “हिउँदमा लगाएको खेतीले खर्च समेत उठन दिएन्”, किसान शर्माले भने, “कुनै ठाउँमा २ फिटभन्दा बाक्लो असिना परेको छ, दिउल लागेका मकै समेत थिचेर सक्यो ।” हिउँ भन्दा बाक्लो परेको असिनाका कारण गाउँभरीका किसानको खेती नष्ट हुँदा लाखौं मूल्य बराबरको घाटा व्यहोर्नु पर्ने जैमिनी नगरपालिकाका कृषि प्राविधिक रविन्द्र शर्माले बताएका छन् । “यता त असिना हिउँ भन्दा पनि बाक्लो छ”, उनले भने, “उम्रिँदै गरेको मकै र पोकेको गहुँ, जौ, फापर केही पनि काम नलाग्ने भएको छ ।”
केही दिन यता हावाहुरीसहित परेको असिना पानी र चट्याङका कारण बागलुङ धेरै प्रभावित बनेको छ । पछिल्लो १५ दिन यता चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएको जल्ला प्रहरी कार्यालयको तथ्याङ्क छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘क्रप कटिङ’ बिधिद्वारा धान उत्पादनको अध्ययन
मंसिर २७, २०८१ बिहिबार
किबी खेतीबाट वार्षिक १० लाख आम्दानी
मंसिर २७, २०८१ बिहिबार
सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक
मंसिर २६, २०८१ बुधबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार