दीर्घ रोगीहरुको लागि एक महिनाको औषधि नि:शुल्क वितरण गर्दै गाउँपालिका
नेपालबहस संवाददाता
बैशाख ९, २०७७ बुधबार २:२४:३१
९ वैशाख स्याङ्जा । स्याङ्जा जिल्लाको पश्चिम भेगमा रहेको कालीगण्डकी गाउँपालिकाले छ महिनाको लागि गाउँपालिका वासीहरुको लागि पुग्ने खाद्यान्न रहेको जनाएको छ ।
नेपाल बहससंग कुराकानी गर्दै गाउँपालिका अध्यक्ष खिम थापाले गाउँमै उत्पादित खाद्य सामग्रीहरु बाहिर जान नदिएको हुँदा बाहिर बाट आएको र पालिकामै उत्पादित खाद्यबस्तुले कम्तीमा पनि छ महिनासम्मको लागि खाद्यको अभाव नहुने बताए ।
पालिकाले राहत वितरण गर्दा समेत गाउमै उत्पादित खाद्य बस्तुलाई प्राथमिकता दिएको बताउदै थापाले अहिले गहुँको सिजन भएको हुँदा गहुँको बेच्न चाहने कृषिबाट पालिकाले खरिद गरेर त्यही राहत स्वरुप वितरण गर्ने पनि पालिकाले योजना बनाएको अध्यक्ष थापाले बताए । पालिका भित्र रहेका ९० प्रतिशत मजदुरहरुलाई पालिकाको समन्वय आ आफ्नो जिल्ला पठाइएको र बाकी रहेका मजदुरहरुलाई पनि पठाउने तयारीमा पालिका रहेको उनले जानकारी दिए ।
बाहिर जिल्लाबाट पालिका भित्र आएकाहरु होम क्वारेन्टाइन र अन्य देशबाट आएकाहरुको लागि पालिकाको क्वारेन्टाइन बस्न अनिवार्य गरेको पालिकाको क्वारेन्टाइन हाल दुई जना रहेका छन् । कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएमा घरमै स्वास्थ्यकर्मी पठाउने ब्यबस्था मिलाएको पाकिकाले तीनवटा एम्बुलेन्स र दुइटा अन्य गाडी स्वास्थ्यको लागि प्रयोग गर्न तयारी अवस्था राखिएको थापाले जानकारी दिए ।
सबै स्वास्थ्य कर्मीको लागि आवश्यक पिपिइ, मास्क, थर्मल गन सबै ब्यबस्थापन मिलाएको जनाएको पालिकाले आपतकालीन अवस्थाको लागि समेत केही स्वास्थ्य सामग्री समेत तयारी अवस्थामा राखेको जनाएको छ । पालिका भित्र जस्तोसुकै बेला पनि समस्य परेमा वडा अध्यक्षलाई सम्पर्क गर्न पालिकाले सबैमा अनुरोध समेत गरेको छ ।
अत्यन्त निम्न आय भएका गाउँपालिका एक सय ८८ घर परिवार र ७५ जना बाहिरका मजदुरलाई पहिलो चरणको राहत वितरण गरेको जनाएको पालिकाले दोश्रो चरणमा ४ सय ४३ घर परिवार र ४५ बाहिरका मजदुरहरुलाई राहत वितरण गरेको अध्यक्ष थापाले जानकारी दिए ।
औसधिको कारणले धेरै मानिसहरु छट्पटीमा परेको हुँदा दीर्घ रोगिहरुलाई एक महिनाको औसधि निशुल्क वितरणको गर्ने योजनामा पालिका रहेको भन्दै त्यसको लागि भैरहवा पोखरा बुटवल लगायतका क्षेत्रबाट सिधै औसधि ल्याउने तयारी रहेको थापाले जानकारी दिए । उनले भने हालसम्म पालिकाकै स्वास्थ्य केन्द्रबाट दीर्घ रोगीहरुको औसधि उपलब्ध गराउदै आएका थियौं अब यहाँ भएको औसधि समेत सकिन लागेको हुँदा यस्तो ब्यबस्था गर्न लागेका हौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार