स्वाब परीक्षणमा ३९ को रिपोर्ट नेगेटिभ, एक मात्र बाँकी
नेपालबहस संवाददाता
बैशाख १०, २०७७ बुधबार १७:५५:२५
धीरुभाइ
१० बैशाख सप्तरी । पछिल्लो पटक सप्तरीमा २१ जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ । यससँगै जिल्लामा ३९ जनाको स्वाब परीक्षणको (पीसीआर विधिबाट) रिपोर्ट नेगेटिभ भएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका अनुसार कोरोना संक्रमणको आशंकामा गरिएका स्वाब परीक्षणमा मंगलबारसम्म ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पछिल्लो पटक धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा पठाइएका २२ जनामध्ये २१ जनाको स्वाब रिपोर्ट मंगलबार प्राप्त भएको अस्पतालका मेडिकल सुपरिटेन्टेन्ट डा. चुमनलाल दासले भने सबैको रिपोर्ट नेगेटिभ आएको छ । एक जनाको रिपोर्ट आउन बाँकी रहेको र आजीसम्म उनको रिपोर्ट प्राप्त हुन सकिने बताए ।
पछिल्लो पटक गत आइतबार २२ जनाको स्वाब परिक्षणका लागि बीपी कोइराला पठाइएको जानकारी दिदै उनले यसअघि १८ जनाको स्वाब परिक्षण पनि नेगेटिभ आएको बताए । अघिल्लो र पछिल्लो गरी ३९ जनाको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि नभएको बताए ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १, खडक नगरपालिका १० र सप्तकोशी नगरपालिका १ का एक÷एक गरी तीनजनाको आरडीटी गर्दा रिपोर्ट पोजिटिभ देखिएको बताउँदै उनले उनीहरु समेत ३९ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । भारत दिल्लीस्थित निजामुद्दीनसहित विभिन्न राज्यबाट फर्केर आएका जमाती, कतार, अमेरिका र भारतबाट आएका गरी ४० जनाको स्वाब परीक्षणका लागि धरान पठाइएको थियो ।
गत शुक्रबार उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमित पुष्टि भएपछि त्यसअघि उनीहरुले सप्तरीको सप्तकोशी र कञ्चनरुप नगरपालिकाको मस्जिदमा समेत बसोबास गरेको यात्रा बृतान्तमा पाइएपछि उक्त मस्जिद वरिपरि बसोबास गरेका २१२ जनाको आरडीटी परीक्षण गरिएको छ ।
जिल्लामा हालसम्म ४० जनाको स्वाब संकलन गरिएको छ भने ६४ महिला र ४५७ पुरुष गरी ५२१ जनाको आरडीटी परीक्षण गरिएको छ । त्यस्तै स्थानीय सरकारले सञ्चालन गरेको क्वारेन्टाइनमा १३१ जना र होम क्वारेन्टाइनमा २२ जना रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
लामो समय फाइल नरोक्न कर्मचारीलाई स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार