आठ महिनादेखि डाक्टरसहितका स्वास्थ्यकर्मीले तलव नपाएपछि अस्पतालमा तालाबन्दी
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ बिहिबार १६:४२:३७
११ बैशाख, स्याङ्जा । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिका ३ मा रहेको गल्याङ नगर अस्पतालका कर्मचारीले आठ महिनादेखि तलब सुबिधा नपाएपछि अस्पतालमा तालाबन्दी गरेका छन् ।
पटकपटक नगरपालिकासँग अनुरोध गर्दा समेत सुनुवाइ नभएपछि अस्पतालमा ताला लगाउनु परेको अस्पतालका डाक्टर निरञ्जन चौधरीले जानकारी दिएका छन् । हाम्रो पटकपटकको अनुरोधलाई नगरपालिकाले बेवास्ता गरेपछि हामीले सोमबार ताला गराएका थियौ तर नगरपालिकाले बुधबारसम्म तलबबारे टुंगो लगाउने मौखिक सहमति गरेपछि पुनः काम शुरु गरेका थियौ तर बुधबारसम्म पनि तलब सुबिधा बारे कुनै टुंगो नलगाएपछि हामी बन्द गर्न बाध्य भयौं, नेपालबहस डटकमसँग कुरा गर्दै उनले भने ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरलले देश लकडाउनको अवस्थामा छ, सबैको ध्यान स्वास्थ्य क्षेत्रतिर छ तर तिनै स्वास्थ्य क्षेत्रमा खटिएका हामीलाई स्थानीय सरकारले बेवास्ता गरेपछि ताला लगाउन बाध्य भएको उनको भनाई थियो । हामीलाई नगरपालिकाले नियुक्ति समेत नदिएको हुँदा यदि कोरोनाका कारण अस्पतालका कुनै कर्मचारीको मृत्यु हुन गयो भने सरकारले गरेको बीमाको रकमबाट समेत बन्चित हुन्छौं । चौधरीले नेपालबहससँगको कुराकानीमा बताए । ज्यानको बाजी राखेर उपचारमा खटिएपनि स्थानीय सरकारले हाम्रो खटाइएको बेवास्ता गर्यो ।
स्याङ्जा जिल्लाको तेस्रो व्यापारिक केन्द्रको रुपमा रहेको गल्याङ बजार र आसपासका क्षेत्रमा अस्पतालको अभाव भएपछि २०६३ सालमा स्थापना भएको गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रले २०६७ माघ २२ गतेबाट १५ सैंयाको अस्पताल संचालनमा ल्याएको थियो । तत्कालीन अवस्थामा विभिन्न सहयोगी दाताहरुको सहयोगबाट संचालन हुँदै आएको अस्पताल भारत सरकारले चार करोड ७५ लाख सहयोग गरेपछि पन्ध्र रोपनी जग्गा किनेर पचास सैंयाको अस्पताल निर्माण गरि संचालनमा आएको थियो ।
यस क्षेत्रमा कुनै ठुलो अस्पताल नभएपछि यस क्षेत्रका जनताको स्वास्थ्य सुविधाको लागि अस्पताल संचालनमा ल्याएको सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष लालगोपाल अर्यालको भनाई छ । स्थानीय सरकार गठन भएपछि सरकारको मातहतमा अझ सहज रुपमा अस्पताल संचालन होला भन्ने आशाले हामीले यत्रो दुख मेहनतका साथ स्थापना गरेको अस्पताल नगरपालिकाको जिम्मा लगाएका हौं, नेपालबहससँग कुरा गर्दै उनले भने यदि स्थानीय निकायले कर्मचारीलाई तलब सुविधासमेत दिन सक्दैन भने हामीले पुन हाम्रै मातहतमा ल्याएर चलाउन बाध्य हुने छौं ।
पहिलेदेखि काम गर्दै आएका कर्मचारीहरुलाई कुनै दवाव सिर्जना गरि निश्कासन गर्न नपाइने र सरकारी निर्णय अनुसार तलब सुविधा दिने लगायतका विभिन्न सहमति स्वास्थ्य केन्द्र र नगरपालिका बीच भएपछि नगरपालिकाको मातहतमा अस्पताल संचालन हुँदै आएको थियो । गत भाद्र १ देखि नगरपालिकाको मातहतमा संचालन हुँदै आएको र सोही महिनादेखि नै अस्पतालका सम्पुर्ण कर्मचारीको तलब सुविधा समेत रोकिएको हुँदा बाध्य भएर अस्पतालमा ताला लगाउनु परेको एक कर्मचारीले बताए । उनले भने, अस्पतालमा २१ जना कर्मचारी छौ त्यसमध्य १६ जना पुराना कर्मचारीलाई तलबबिहीन बनाइएको हो ।
पछि नगरपालिकाले भर्ना गरेका ६ जना कर्मचारीले भने पुर्ण तलब सुविधामा काम गरिरहेका छन् । नगरपालिकाले अस्पतालको लागि कर्मचारी आवेदन खुलाएको र पहिले काम गरिरहेका कर्मचारीहरु स्वंत स्थायी हुने भन्दै नगरपालिकाले बाहिरबाट अन्य कर्मचारी भर्ना गरेको थियो । तर पुराना कर्मचारीहरुलाई स्थायी गर्नु त परको कुरा हालसम्म नियुक्ति समेत नदिई तलब सुविधाबाट बञ्चित गरि पुराना कर्मचारीलाई निष्कासन गर्ने रणनीतिमा नगरपालिका रहेको एक कर्मचारीले बताए ।
पछि नियुक्त भएका तर संगै काम गर्नेले हरेक महिना तलवसुविधा पाउने तर पूर्व सहमति बमोजिम पुराना कर्मचारीले बिना तलवसुविधा आठ महिनादेखि नियुक्तिबिहिन भएर बस्नुपर्ने ? यो भन्दा घोरअन्याय अरु के हुन सक्छ ? अस्पताल लिने बेलामा यी सम्पुर्ण कर्मचारीलाई स्थायी गर्छौ भन्ने तर अहिले आएर नगरपालिकाले राजनीतिक आस्थाका आधारमा बाहिरबाट कर्मचारी भर्ना गरेर हामीलाई बेवास्ता गर्ने ? ती कर्मचारीको आक्रोश थियो । गल्याङ नगरपालिकामा सत्तारुढ नेकपाको तर्फबाट विजयी मेयर उपमेयर छन् ।
अहिलेसम्म यसबारेमा आफुलाई आधिकारिक केही जानकारी नभएरको र सबै कर्मचारीहरुले पुरानै तलबसुविधा लिदै आएको दावी गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीको भनाई छ । । अस्पतालका प्रबन्धक वेदप्रसाद भट्टराईले भने कर्मचारीले तयार पारेको ज्ञापनपत्र हिजो नै नगरपालिका स्वास्थ्य प्रमुखलाई बुझाएको जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
रौतहटमा दर्जनौं अवैध अस्पतालले बिरामीसँग लाखौं रकम लुट्दै, नियमनकारी निकाय मौन
जेठ १४, २०८१ सोमबार
भक्तपुर अस्पतालमा पाठेघरको निःशुल्क उपचार
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
नारायणगढ–मुग्लिन सडक : चार सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु, २२ घाइते
जेठ १४, २०८१ सोमबार
उपेन्द्र यादवले दायर गरेको रिट हेर्न नभ्याइनेमा
जेठ १४, २०८१ सोमबार
भुजुङ गाउँ घरवासका लागि प्रख्यात
जेठ १४, २०८१ सोमबार
विपन्न चेपाङ समुदायलाई खाद्यान्न वितरण
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
कीर्तिमानी पर्वतारोही पूर्णिमालाई काठमाडौंमा भव्य स्वागत [ फाेटाेफिचर ]
जेठ १४, २०८१ सोमबार
इमानदारितापूर्वक मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी छु : सन्दीप
जेठ १४, २०८१ सोमबार