कोरोनाले विश्वभर रेमिटेन्स आप्रवाहमा २० प्रतिशतले गिरावट
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ शुक्रबार ०:२४:३२
११ बैशाख काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर रेमिटेन्स आप्रवाहमा करिब २० प्रतिशतले गिरावट आउने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले बिहीबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा कोरोनाका कारण विश्वव्यापीरुपमा नै रेमिटेन्स आप्रवाहमा कमी आउने उल्लेख गरिएको छ ।
विश्वभर जारी लकडाउनका कारण अर्थतन्त्र संकटमा छ । कामहरु ठप्प भएका छन् । बेरोजगारी दर बढेको छ । जसका कारण रेमिटेन्स आप्रवाहमा पनि विश्वव्यापी असर पर्नेछ । रेमिटेन्सबाट बढी निर्भर रहेका मुलुकहरुलाई अझ बढी प्रभाव पार्ने विश्व बैंकको अध्ययनले देखाएको छ । अझ न्यून र मध्य आय हुने देशहरु अधिक प्रभावित हुनेछन् । लक डाउनका कारण विश्वभर नै श्रमिकको काम प्रभावित भएको छ । विश्वका करोडौं व्यक्ति यतिबेला बेरोजगार भएका छन् । जसको प्रत्यक्ष प्रभाव विश्वव्यापी रेमिटेन्समा पनि पर्नेछ ।
रोजगारी दिने मुलुक तथा कम्पनीहरु पनि कोरोनाका कारण संकटमा रहेकाले विप्रेषणमा ठूलो गिरावट आउने विश्व बैंकको ठम्याईं छ । अध्ययन अनुसार रेमिटेन्स आप्रवाहमा कमी आउँदा गरिबी बढ्ने र त्यसको सबैभन्दा बढी मार न्यून तथा मध्यम आय भएका मुलुकमा पर्नेछ । यसबाट खाद्य संकट गहिरिनेछ भने दैनिक जीवन यापन समेत थप कष्टकर हुनेछ ।
नेपालजस्ता विकासोन्मुख देशका लागि रेमिटेन्स प्रमुख आय स्रोत हो । बैंकका अनुसार दक्षिण एसियामा कोभिड–१९ का कारण २२.१ प्रतिशतले विप्रेषण आप्रवाहमा कमी आउने देखिएको छ । यस्तै, यूरोप तथा मध्य एसियामा २७.५ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबियन देशहरुमा १९.३ प्रतिशतले कमी आउन सक्नेछ । यस्तै, पूर्वी तथा एसिया प्रशान्त क्षेत्रमा १३ प्रतिशतले गिरावट आउन सक्ने अनुमान गरिएको छ ।
नेपालका पनि ४० लाख भन्दा बढी कामदार वैदेशिक रोजगारीमा रहेका छन् । नेपाली कामदार अधिक रहेका खाडी मुलुक, मलेसिया, दक्षिण कोरियालगायत देशमा पनि लक डाउन जारी छ । यसका कारण रेमिटेन्स आप्रवाहमा गिरावट आउने देखिएको छ । केन्द्रीय बैंकका कोरोनाका कारण नेपालमा करिब १ खर्ब रुपैयाँ रेमिटेन्स घट्न सक्नेछ । अनुसार चालु आर्थिक वर्षको ८ महिनामा ५ खर्ब ९२ अर्ब रुपैंयाँ रेमिटेन्स भित्रिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबैंकिङ सेवालाई प्रतिस्पर्धी र व्यावसायिक बनाइनुपर्छः गभर्नर अधिकारी
कात्तिक ३०, २०८१ शुक्रबार
कस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर ?
भदौ २३, २०८१ आइतबार
राष्ट्र बैंकले दशैंमा नयाँ नोटको सट्टा सुकिला नोट दिने
भदौ १९, २०८१ बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार