समस्या समाधानको लागि समिती बनेपछि अस्पतालको ताला खुल्यो
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ शुक्रबार १:१३:३५
११ बैशाख, स्याङ्जा । गल्याङ नगरपालिका तीनमा रहेको गल्याङ नगर अस्पतालमा लागेको ताला खुलेको छ ।
आठ महिना देखि तलब सुबिधा नपाएको र पटकपटक नगरपालिकामा हार गुहार गर्दा समेत आफ्ना कुरासुनुवाइ नभएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीले बुधबार साझ अस्पतालमा तालाबन्दी गरेका थिए । आज अस्पतालमा बसेको नगरपालिकाको बैठकले गल्याङ नगरपालिका उप देबिसरा थापाको संयोजकमा अस्पतालमा कार्यरत कर्मचारीका माग छिट्टै सम्बोधन हुने गरि एक समिती बनेपछि अस्पतालका सबैकाम सुचारु गरिएको अस्पतालका प्रबन्धक वेदप्रसाद भट्टराईले जानकारी दिए ।
नगरपालिकाले नियुक्ति समेत नदिएको हुँदा यदि कोरोना कारण अस्पतालका कुनै कर्मचारीको मृत्यु हुन गयो भने सरकारले गरिदिएको बिमा बाट समेत बन्चित हुने भएपछि आफ्नो सुरक्षाको माग गर्दै तालाबन्दी गरेका थियौ । हाम्रा सबै माग छिट्टै सम्बोधन हुने गरि सहमति भएपछि पुनः काम फर्किएका छौँ डाक्टर निरन्जन चौधरीले नेपाल बहससंगको कुराकानी बताए ।
गल्याङ सामुदायिक स्वास्थ केन्द्रको मातहतमा संचालन हुँदै आएको अस्पताल भाद्र एक गते देखि नगरपालिकाको मातहतमा संचालन गर्नेगरि केन्द्र र पालिका बीच सहमति भएपछि नगरपालिकाको मातहतमा संचालन हुँदै थियो । नगरपालिकाको मातहतमा संचालक भएको समयदेखि अस्पतालका कर्मचारीहरुले तलब सुबिधा नपाएपछि तलब सुबिधा लगायतका माग राख्दै अस्पतालमा तालाबन्दी गरिएको थियो ।
स्याङ्जा जिल्लाको तेस्रो ब्यापारीक केन्द्र गल्याङ बजारमा र आसपासका क्षेत्रमा अस्पतालको अभाव भएपछि २०६३ सालमा स्थापना भएको गल्याङ सामुदायिक स्वास्थ केन्द्रले २०६७ माघ २२ गतेबाट १५ सैयको अस्पताल संचालनमा ल्याएको थियो । तत्कालीन अवस्था विभिन्न सहयोगी दाताहरुको सहयोग बाट संचालन हुँदै आएको अस्पताल भारत सरकारले चार करोड ७५ लाख सहयोग पाएपछि पन्ध्र रोपनी जग्गामा किनेर पचास सैयको अस्पताल निर्माण गरि संचालनमा आएको थियो । यस क्षेत्रमा कुनै ठुलो अस्पताल नभएपछि यस क्षेत्रका जनताको स्वास्थ सुबिधाको लागि अस्पताल संचालनमा ल्याएको सामुदायिक स्वास्थ केन्द्रका अध्यक्ष लाल गोपाल अर्यालको भनाइ छ । स्थानीय सरकार भएपछि सरकारको मातहतका अस्पताल संचालन भयो भने सेवा सुबिधा थप होला भन्ने उदेश्यका साथ नगरपालिकाको मातहत संचालन हुने गरि अस्पताल जिम्मा लगाएको अर्यालको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
बाल अस्पताल निर्माणमा सघाउन कतारसँग आग्रह
पुष ३, २०८१ बुधबार
पहिलो पटक सीआरएन नम्बर र शेयर आवेदन सेवा सिटिजन्स मोबाइल बैंकिङ एपमा
पुष ३, २०८१ बुधबार
‘निजामती कर्मचारीलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्ने’
पुष ३, २०८१ बुधबार
नारीवादी नीतिको अनुशरण गर्न आवश्यक छः परराष्ट्रमन्त्री राणा
पुष ३, २०८१ बुधबार
नागरिकका चासोका विषय प्रसार गर्नुपर्ने
पुष ३, २०८१ बुधबार