नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुग्यो
नेपालबहस संवाददाता
बैशाख ११, २०७७ शुक्रबार ३:३१:१४
११ बैशाख काठमाडौं । नेपालमा कोभिड –१९ संक्रमितको संख्या ४८ पुगेको छ । कोरोना भाइरसको पुनः परीक्षणका क्रममा भोजपुरका २६ वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
उनको धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणका क्रममा कोरोना भाइरसको संक्रमण देखिएको बताए । उनका अनुसार ती संक्रमितलाई आइसोलेशनमा राखिएको छ । ती युवा गत फागुन ३० गते साउदी अरबबाट नेपाल आएका हुन् । यसअघि आजै जनकपुरका १४ वर्षीय पुरुष र उदयपुरकी ५५ वर्षीया महिलामा संक्रमण देखिएको थियो ।
भोजपुर– यहाँ एक युवकको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । गत मंगलबार द्रुत परिक्षण विधि ‘आरडिटी’बाट रिपोर्ट पोजेटिभ देखिएपछि उनको स्वाब पिसिआर जाँचका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । ती युवकको आज पिसिआर रिपोर्ट पोजेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । २६ वर्षीय ती युवक गत चैत ११ गते हतुवागढी आइपुगेका थिए ।
होम क्वारेन्टाइनमा रहेका उनलाई आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि मंगलबार नै प्राथमिक स्वास्थ्य केन्द्र घोरेटारमा रहेको आइसोलेशनमा राखिएको छ । युवकका परिवारका दुईसहित अन्य तीन जनाको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
तेलङ्गाना सरकारले अदानी समूहबाट प्राप्त एक अर्बको अनुदान अस्वीकार गर्ने
मंसिर १०, २०८१ सोमबार
परराष्ट्र मन्त्री आरजु राणा देउवाको चीन भ्रमण स्वीकृत
मंसिर १०, २०८१ सोमबार
धितोपत्र बोर्ड अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त
मंसिर १०, २०८१ सोमबार
विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु : राष्ट्रसंघ
मंसिर १०, २०८१ सोमबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार