प्रदेश सांसद् कोषको रकम बालुवामा पानी, जथाभावी बाटोले किसानको गास खोसियो
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार १७:५४:०
१२ बैशाख स्याङ्जा । जील्लाको भीरकोट नगरपालिका–८ अन्तर्गत ढापुक फेदिदेखि सालिकोश गाउँ जोड्ने करिव ३ किलोमिटर ग्रामीण कृषि सडकविस्तार गर्दा चरम लापरवाहीभएको पाइएको छ ।
विशेषगरि कृषिउपकरण ओसापसारका लागिनिर्मित उक्त सडक अहिले हाइव्वे बनाइएको छ । तर, सो सडकको सुरुदेखि अन्त्यसम्मकरिव १ सयजनाभन्दा बढि किसानहरुको खतियोग्यजमिन छ । एउटै गाउँका स्थानीयको सुविधाको लागि सडक विस्तार गर्दा किसानले सिँचाइकालागिप्रयोग गर्ने सयौंं कुलामासिएका छन् । तर, उक्त सडक आफुहरुसँग कुनै सहकार्य नभई विस्तार गरिएको भीरकोट नगरपालिकाका मेयर छायरामखनाल बताउँछन् ।
नेपाल बहससँग कुरा गर्दै उनले भने ‘उनीहरुले प्रदेश सांसद मोहन रेग्मीको कोषको बजेटले सडक विस्तार गरेका हुन् । यसमाहाम्रो कुनै हात छैन् ।’ यसरी बिनाकुनै योजना बाटो खन्दाआफुहरु मारमा परेको स्थानीयकिसान ढिल्लीराम रेग्मीले बताए । उनले भने‘अब बर्खालागिसक्यो । रोपाई गर्ने बेला पनि आउन लाग्यो । कुला सबै बाटोले खाइसक्यो । हामीले धानको बीउ समेत राख्नपाएका छैनौं ।’ यस्तै अन्यथुप्रै विकल्पहुँदाहुँदै पनि सयौं किसानको गास खोसेर सडक विस्तार गर्न कुनै जरुरी नरहेको स्थानीय ठाकुरप्रसाद रेग्मी बताउछन् ।
उनि भन्छन् ‘सडक विस्तार गर्ने अन्यथुप्रै विकल्पहरु छन् । ५० जना घरका जनताका लागि सयौं किसानको खेतियोग्यजमिन त मास्ने कामगर्न भएननी ।’ यता सडक विस्तार गरेका उपभोक्ताहरुले भने प्रदेश स्तरबाटै बजेट परेकाले अन्यकुनै निकायसँग छलफल गर्न नपरेको बताएका छन् । सोही सडक उभोक्ता समितिका एक सदस्यले भने, हामीलाई सांसद मोहन रेग्मीले बजेट पारिदिनुभएको हो ।
हामीले जसरी बाटो खनेपनिअरुलाई के मतलब ।’ तर, सोहीनगरका थुप्रै सरोकारवालाहरुले उक्त सांसद कोषको बजेट बालुवामा पानी खन्याइएको संज्ञा दिएका दिएका छन् । उनिहरु भन्छन् ‘चुनावमा भोटमाग्दा गरेको बाचा पुरा गरे । तर सयौं स्थानीयको गास खोसियो ।’ बयरघारीबजारबाट ५, ६ किलोमिटर भित्र ग्रामीण कृषि सडकका नाममापरिचितउक्त सडकमा भने विरलै सवारी गुड्छन् । तर सडक सिद्धार्थ राजमार्ग भन्दाचौडा बनाइएको छ । यसकारण किसानहरुले यसको घोर विरोध गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
विदेशमा सिकेको ज्ञान र सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न आग्रह
कात्तिक ११, २०८१ आइतबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार