धानको बीउ बजारसम्म पुर्याउन नसक्दा बीउ उत्पादक किसान मर्कामा
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार १८:३७:४९
१२ वैशाख, कैलाली । धानको बीउ राख्ने बेलामा किसानले धानको बीउ खरीद गर्न पाएका छैनन् । वैशाखको अन्तिम सातादेखि धानको बीउ राख्ने गरिए पनि यस वर्ष लकडाउनका कारण धानको बीउ पाइएको छैन । बीउ उत्पादक कृषि सहकारी र कम्पनीले धानको बीउ बजारसम्म पु¥याउन नसक्दा किसान समस्या परेका छन् ।
बीउ उत्पादन संघ टीकापुरका अध्यक्ष रामफल कठरियाले बीउको माग भए पनि आफूहरुले मागअनुसारको पठाउन नसकेको बताए । ‘‘धेरै किसानले दैनिक फोन गर्न थालेका छन्, हामीसँग बीउ सञ्चित छ तर पठाउन सकिएको छैन’’, अध्यक्ष कठरियाले भने, ‘‘कैलालीमा उत्पादन भएको बीउ कैलाली मात्र नभई सुदूर र प्रदेश नं ५ का अन्य जिल्लामा पनि जान्छ ।’’ उहाँले बीउ ढुवानी गर्न प्रशासनिक झण्झटका कारण आफूहरु तनावमा रहेको बताए ।
अहिले टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा सात बीउ उत्पादक कृषि सहकारीमार्फत यस क्षेत्रका किसानले धान, गहुँ, तेलहन र दलहन बालीको बीउ उत्पादन गरिरहेका छन् । उनीहरु खाद्यान्न बालीको मूल बीउ, प्रमाणित बीउ र उन्नत बीउ उत्पादन गर्छन् । यी सहकारी तथा कम्पनीले स्थानीय किसानलाई बिक्रीवितरण गर्नाका साथै देशैभरिका जिल्लामा पु¥याउने काम गर्छन् । ‘‘चार वर्ष पहिले कैलाली जिल्लामा भैरहवा, बुटवल र नेपालगञ्जबाट धान, गहुँको बीउ ल्याउनु पथ्र्यो’’, नमूना बहुउद्देश्यीय कृषि सहकारीका अध्यक्ष जितबहादुर चौधरीले भन्नुभयो, ‘‘आजभोलि कैलालीको बीउ देशैभरिका जिल्लामा जान थालेको छ । विभिन्न जिल्लाबाट माग आउन थालेको छ तर पुगाउन सकेका छैनौँ ’’
यस क्षेत्रका बीउ उत्पादक कृषि सहकारी र कम्पनीसँग गरी अहिले धानको उन्नत बीउ पाँच हजार क्विण्टल छ जसमध्ये करीब दुई हजार क्विण्टल कैलाली जिल्लाका किसानले प्रयोग गर्छन् भने बाँकी अन्य जिल्लामा निर्यात हुने गरेको छ । ‘‘समयमा किसानलाई बिक्रीवितरणको लागि बीउ ग्रेडिङ, उम्रने शक्ति मापन, ट्याग र प्याकिङजस्ता सबै तयारी पूरा भएका छन्’’, किसान सुन्दरलाल चौधरीले भने, ‘‘लकडाउनकै कारण किसानमाझ पु¥याउन कठिन भयो । समयमै बीउ बिक्री नभए सहकारी र कम्पनी घाटामा जान्छन् ।’’
सरकारले कृषि वस्तु तथा अत्यावश्यक वस्तुलाई पासमार्फत कार्य सञ्चालन गर्न सकिने नीति बनाएको छ । लकडाउनमा ढुवानी गर्ने साधन नपाउने, पाए पनि ढुवानी शुल्क महंँगो र सवारी पासका लागि अनुमति लिन झण्झटिलो रहेको किसानको गुनासो छ । ‘‘वडा, जिल्ला हुँदै अन्य जिल्लासँग समन्वय गरेर मात्रै ढुवानी गर्न पाइने भएकोले समस्या भएको छ’’, सहकारीका सदस्य सरोज चौधरीले भने, ‘‘बीउ उत्पादकहरु समस्यामा परेको अवस्था छ । यसले उत्पादनमा पनि असर गर्छ ।’’ बीउ ढुवानीको समस्याका बारेमा जिल्ला समन्वय समिति कैलालीको संयोजक सूर्यबहादुर थापाले जिल्ला प्रशासनसँग समन्वय गर्ने काम भइरहेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र एडिबीबीच दुईवटा परियोजनाका लागि २१ अर्ब २३ करोडको सहयोग सम्झौता
मंसिर २६, २०८१ बुधबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
छठका लागि जनकपुरमा पाँच करोडको केरा आयात
कात्तिक १९, २०८१ सोमबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
समस्या देखियो भनेर कामबाट पन्छिन हुन्नः मुख्यमन्त्री कँडेल
मंसिर २७, २०८१ बिहिबार
वायु प्रदूषण न्यूनीकरण आवश्यकः मन्त्री शाही
मंसिर २७, २०८१ बिहिबार
संयुक्त राष्ट्र महासभाको गाजा युद्धविरामको मतदानलाई हमासद्वारा ‘स्वागत’
मंसिर २७, २०८१ बिहिबार
टाइम म्यागजिनद्वारा डोनाल्ड ट्रम्पलाई दोस्रो पटक ‘पर्सन अफ द इयर’ घोषणा
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
दश करोड बढी लगानीमा विद्युतीय माइक्रोबस सञ्चालन
मंसिर २७, २०८१ बिहिबार