प्रेस संगठनद्धारा सञ्चार माध्यामहरुलाई मास्क र सेनिटाईजर बितरण
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार १९:२२:१८
१२ वैशाख, डोटी । प्रेस संगठन नेपाल, डोटी शाखाले जिल्लामा रहेका सञ्चार संस्थाहरुलाई मास्क र सेनेटाइजर वितरण गरेको छ । संगठनले आज डोटीबाट सञ्चालित मिडिया हाउसलाई उक्त सामग्री हस्तान्तरण गरेको हो । मुलुकमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढिरहेको समयमा जनतालाइ सुसूचित गर्ने, सूचना प्रवाह गर्ने सञ्चारकर्मिलाई कुनै पनि निकायबाट सहयोग नभएकाले संगठनले सामग्री उपलब्ध गराएको डोटी शाखा अध्यक्ष कर्ण चन्दले बताएका छन् ।
११ संचारमाध्यमलाई ४० बोटल सेनिटाईजर र ४ सय पिट मास्क बितरण गरिएको प्रेस संगठन डोटीका अध्यक्ष चन्दले बताएका छन् । संगठनले संकटमा सधै अग्रपन्तीमा रहेर काम गर्ने मिडियाकर्मीहरू लाई सुरक्षित रहेर काम गर्ने वातावरणको सृजना गर्न माग गरेको छ ।
लगडाउनको समयमा जिल्लाबाट प्रशारण हुने एफ.एम, रेडियो नेपाल, पत्रिका तथा सबै अनलाईनमा जनशक्तीका आधारमा मास्क र सेनिटाईजर बितरण गरेको संगठनका सह–संयोजक नवराज जोशीले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार