कोरोना नियन्त्रणका लागि पाँच लाख ८० हजार सहयोग
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार २०:८:८
१२ वैशाख, डोटी । जिल्लामा वर्षौँदेखि कार्यरत दुई गैरसरकारी संस्थाले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सहयोग होस् भन्दै रु ५ लाख ८० हजार नगद सहयोग गरेका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र पूर्वीचौकी गाउँपालिकालाई जिल्लामा सामाजिक तथा विकासको क्षेत्रमा काम गर्दै आएका दुइ गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र (सिडिसी) र सामुदायिक विकास मञ्च (सिडीएफ) डोटीले रु पाँच लाख ८० हजार नगद सहयोग गरेका हुन् ।
गुड नेवर्स इन्टरनेशनल नेपालसँगको साझेदारीमा सिडिसी र सिडीएफले सञ्चालन गरिरहेको सामुदायिक विकास परियोजनाअन्तर्गत रु २ लाख ९० हजार दिपायल सिलगढी नगरपालिकालाई र रु दुई लाख ९० हजार पूर्वीचौकी गाउँपालिकालाई सहयोग गरेको सामुदायिक विकास केन्द्र (सिडीसी) का परियोजना संयोजक यकराज बडुले बताए । उनले भने, “कोरोना नियन्त्रण तथा रोकथाममा सहयोग होस् भनेर हामीले दुई स्थानीय तहलाई रकम सहयोग गरेका छौँ, अन्य स्थानीय तहमा पनि सहयोग गर्नेछौँ ।”
विश्वव्यापी महामारीको रुपमा फैलिएरहेको कोरोना भाइरसका कारण नेपाल लकडाउनको अवस्थामा रहेकाले स्थानीस्तरमा दैनिक छाक टार्न अफ्ठ्यारोमा रहेका विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गर्ने उद्देश्यले दुवै स्थानीय तहले सञ्चालन गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ को बैंक खातामा उक्त रकम जम्मा गरिएको सामुदायिक विकास मञ्च (सिडीएफ) का अध्यक्ष खडक शर्माले जानकारी दिए ।
उनका अनुसार रकम प्रदान गरिएका नगरपालिका र गाउँपालिकामा २००/२०० का दरले ४०० घरपरिवारलाई १० केजीका दरले खाद्यान्न वितरण गर्ने संस्थाको योजना भए पनि स्थानीय तहहरुले आ–आफ्नै कार्यविधि र मापदण्ड बनाएकाले नगद रकम नै खातामा जम्मा गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार