लकडाउनमा समाजिक दूरी कायम गर्दै हातहातमै सामाजिक सुरक्षा भत्ता
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार २०:४२:५०
१२ वैशाख, सप्तरी । लकडाउनमा समाजिक दूरी कायम गरी सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ । नगरपालिकाले ज्येष्ठ, एकल महिला, अपाङ्गतायुक्त, दलित र बालपोषण भत्ता घरमै गएर दिने गरेको छ । हनुमाननगर कंकालिनी १ देखि १४ वडासम्मका टोलटोका घरघरमै पुगेर हातहातमा नै भत्ता वितरण गरिएको नगरपालिका अध्यक्ष शैलेशकुमार शाहले बताए ।
स्थानीय तहलाई स्वास्थ्य सामग्री
गैरसरकारी संस्थाको समन्वयमा सप्तरीका तीन स्थानीय तहलाई बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । सप्तरीसँग सीमा जोडिएका प्रदेश नं १ को उदयपुरमा तीव्र रुपमा फैलिँदै गएको कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राखी राजगढ र विष्णुपुर गाउँपालिका तथा डाक्नेश्वरी नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनाइएको छ ।
वेल्टहङ्गर हिल्फेको आर्थिक सहयोगमा आसमान नेपाल, फरवार्ड नेपाल, दलित सरोकार मञ्च र महुली सामुदायिक विकास केन्द्रको समन्वयमा संस्थाका प्रतिनिधिले सामूहिक रुपमा ती स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्रण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार