लकडाउनका कारण प्रभावितहरुलाई मालिकामा खाद्य बैंक स्थापना
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार २०:४७:३४
१२ वैशाख, म्याग्दी । मालिका गाउँपालिकाले दरवाङमा खाद्य बैंक स्थापना गरेको छ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण प्रभावित भएका विपन्न र श्रमिकलाई वितरण गरिने राहत खाद्यान्न सङ्कलन गर्न खाद्य बैंक स्थापना गरेको हो । बैंकमा बिहीबार विभिन्न क्षेत्रबाट खाद्यान्न र स्वास्थ्य सामग्री सहयोग प्राप्त भएको छ । प्रभु बैंकको दरवाङ शाखाले सामाजिक उत्तरदायित्वअन्तर्गत १२ बोरा चामल र दुई प्याकेट खानेतेल उपलब्ध गराएको छ ।
शाखाका प्रबन्धक बिपीन चोखालले गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकालगायतलाई खाद्यान्न हस्तान्तरण गरेका थिए । सङ्कलित खाद्यान्न पालिकाका वडा कार्यालयमार्फत लकडाउनका कारण रोजीरोटी गुमेर बिहान–बेलुका खानका लागि समस्यामा परेका विपन्न तथा श्रमिकका परिवारलाई वितरण गरिने गाउँपालिकाले जनाएको छ । पहिलो चरणमा ८८८ परिवारलाई चामल, दाल, नुन र तेल उपलब्ध गराइएको छ ।
यसैगरी नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र (ख), म्याग्दीले १५ बोरा चामल र दुई प्याकेट तेलका साथै मास्क र स्यानिटाइजर सहयोग गरेको छ । काँग्रेसका नेता हीरा पुन, खिम पुनलगायतले सामग्री हस्तान्तरण गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार