क्षमता भन्दा बढी मानिसले भरिए क्वारेन्टाइन, भाइरस फैलिनुमा अब भगवान्कै भर
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार २१:३:५८
१२ वैशाख, काठमाडौं । पहुँच र क्षमता प्रदर्शन गर्दै गाडीका गाडी ओसारिएका मानिसका कारण जाजरकोट, डोल्पा र रुकुमपश्चिमका क्वारेन्टाइन भरिएका छन् । मन्त्री, सांसद र स्थानीय तहले लगानी गरेर जिल्लामा भित्र्याएका सबै मानिस क्वारेन्टाइनमा बसेको बताइएको छ । दिनमा क्वारेन्टाइनमा बस्ने तर बेलुकी भएपछि सबै क्वारेन्टाइनमा भेटिँदैनन् भन्दै बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले नियन्त्रण गर्नै समस्या भएको बताए । उनले भने, “हाम्रो क्षमताभन्दा बढी मानिस गाउँमा आएका कारण समस्या भएको छ, व्यवस्थापन कसरी गर्ने ? प्रत्येक वडामा घरबाटै कपडा ल्याएर क्वारेन्टाइन बस्ने व्यवस्था गर्न वडाध्यक्षलाई भनिएको छ।”
त्यस्तै स्थानीय तहको समन्वयबिना नै भकाभक मानिस पठाउँदा व्यवस्थापनमा समस्या भएको भन्दै नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलले आक्रोश व्यक्त गरे । उनले भने, “बसमा आउँदा कोचाकोच आएका छन्, क्वारेन्टाइनमा बस्दा वा गाउँमा बस्दा के को सामाजिक दूरी हो मैले बुझिन ? कोरोना भाइरस फैलिएमा अब भगवान्ले मात्र थेग्न सक्ने अवस्था छ ।” स्थानीय तहले बनाएका क्वारेन्टाइनभन्दा तेब्बर मानिस गाउँमा आउँदा थेग्न सक्ने अवस्था नभएको भन्दै नगरप्रमुख रावलले थपे, “क्वारेन्टाइनमा बस्ने व्यक्ति पनि अनुशासित हुनुप¥यो, भनेको कुरा अक्षरशः पालन गर्ने तर यहाँ क्वारेन्टाइनमा बस भन्दा उल्टै हामीलाई आपराधीकरण गर्ने भनी झगडा गर्न खोज्छन् ।”
“गाउँमा सुरक्षाको अवस्था पनि राम्रो छैन, सबै मानिस काममा छन्, आएका पनि क्वारेन्टाइनमा बस्न मान्दैनन्”, छेडागाड नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत झलक केसीले भने, “छेडागाडबाट मानिस हिँडेर आउँछन्, गाउँमै को कहाँ पुग्छ थाहा नै हुँदैन, क्वारेन्टाइनमा बस भन्दा झगडा गर्न पो आउँछन् ।”शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनिचाँदे गाउँपालिका पनि यही समस्या छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले दुई हजारभन्दा बढी मानिस जिल्लामा आएको तथ्याङ्क सार्वजानिक गरेको छ ।
जाजरकोटमा ३१० जनाको कोरोनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ । गाउँमा जथाभावी आएका मानिसका कारण जोखिम बढेको स्थानीय तहका प्रमुखहरुको भनाइ छ । चोरबाटो हुँदै गाउँमा धेरै मानिस पुगेको उनीहरुको भनाइ छ । त्यस्तै छिमेकी जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिकामा पनि २०० हाराहारीमा मानिस गएका छन् । उनीहरु सबैलाई क्वारेन्टाइनमा राखिने नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए ।
डोल्पाकै त्रिपुरासुन्दरी नगरपालिकाले बाहिर रहेका विद्यार्थीलाई रु पाँच हजारका दरले रकम पठाउन लागेको नगरप्रमुख ओम बुढाले जानकारी दिए । उनले भने, “अहिले एक महिना पुग्ने गरी पाँच हजार पठाउने छौँ, त्यसपछि अझै लकडाउन लम्बियो र थप समस्या प¥यो भने फेरि पनि पाँच हजार पठाउँछौँ, यतिमात्र नभई घर आउन चाहने विद्यार्थीलाई पनि ल्याउँर्छाँ, नेपालगञ्ज र सुर्खेतबाट घर फर्कन चाहनेका लागि रु दुई हजार र त्यो बाहेकका अन्यत्र जिल्लाबाट घर फर्कन चाहने विद्यार्थीका लागि रु तीन हजार हाल्ने निर्णय भएको छ ।”
त्यस्तै मुड्केचुला गाउँपालिकाले पनि सार्वजनिक सूचनाका साथै गाउँ कार्यपालिकाको निर्णयबाट रु दुई हजारबाट बढाएररु पाँच हजार विद्यार्थीको खातामा पठाउने निर्णय गरेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । नेपालगञ्ज, काठमाडौँ, सुर्खेत, पोखरालगायतका जिल्लामा रहेका प्रत्येक विद्यार्थीका लागि रु पाँच हजारका दरले पैसा पठाउने निर्णय गरी पैसा पठाएको अध्यक्ष शाहीले जानकारी दिए । जगदुल्ला गाउँपालिकाले सबै जिल्लाबाहिर भएका नागरिकलाई ल्याउन सार्वजानिकरूपमा सम्पर्कमा आउन आग्रह गरेको छ ।
बाहिर रहेका विद्यार्थीलाई ल्याउने पहल शुरु गरिएको रुकुमपश्चिमको सानीभेरी नगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत भुपालसिंह विष्टका अनुसार बाहिर रहेका विद्यार्थीलाई वडाध्यक्षसँग सम्पर्क गर्न आग्रह गरिएको छ । त्यस्तै चौरजहारी नगरपालिकाले पनि काठमाडौँमा हुने नागरिकलाई ल्याइरहेको छ । “काठमाडौँबाट पूर्वगृहमन्त्री जर्नादन शर्माले गाडीमा मानिसहरु पएका छन्, यहाँ हामी व्यवस्थापन गछौँ”, नगरप्रमुख विशाल शर्माले भने ।
आरडिटी किट अभाव
जाजरकोट, रुकुमपश्चिम र डोल्पामा आरडिटी जाँचका लागि पठाएको किट अभाव भएको छ । गाउँमा धेरै मानिस बाहिरबाट आएका कारण किट अभाव भएको यी जिल्लाका प्रमुख जिल्ला अधिकारीले बताएका छन् । पहिलो चरणमा पठाएका सबै किटले नपुग्ने पक्का भएको उनीहरुको भनाइ छ । जिल्लामा धेरै मानिस भित्रिएका कारण अहिले पठाएको किटले आरडिटी जाँच गर्न नपुग्ने उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार