यादवलाई अपहरण शैलीमा लैजाने बाबुराम भट्टराई हुन् कि अशोक राई ? : सांसद बस्नेत
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार २१:१३:१३
१२ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं सङ्घीय सांसद महेश बस्नेतले समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आफूविरुद्ध गलत प्रचार गराएको आरोप लगाएका छन् ।
बस्नेतले समाजवादी पार्टीका नेता एवं पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको अपहरण नै नभएको विषयलाई भट्टराईले अपहरण भनेर व्यक्तिको चरित्रहत्या गर्ने कार्य गरेको बताएका हुन् । बस्नेतले डा यादव स्वयंले अपहरण होइन, सँगै काठमाडौँ आएका हौँ भनिसकको अवस्थामा समेत व्यक्तिको चरित्रहत्या गर्ने गरी प्रचार नगर्न आग्रह गरे ।
बस्नेतको प्रश्न छ, “होटलमा बसेका यादवलाई अपहरण शैलीमा लैजाने बाबुराम भट्टराई हुन् कि अशोक राई हुन् ? अपहरण कस्ता कुरालाई भनिन्छ ?, सगलत प्रचार र चरित्र हत्या गर्नेलाई साइबर क्राइमको मुद्दा किन नचलाउने ?”
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनको समयमा भक्तपुरको जगातीबाट कतिपय बाटोमा अलपत्र परेका मजदुरलाई उद्धार गरी घर पठाएको र बनेपासम्मका अलपत्र मजदुरलाई घर पठाउने क्रममा आफू बनेपा पुग्दा डा यादवले जनकपुरको आफ्नै घरमा बोलाएको बस्नेतको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक सुरू
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
सन् २०२४ मा एक सय बढी देशमा चुनाव, ८० प्रतिशत देशमा सत्तारूढ दल र राष्ट्रपति पराजित
पुष १८, २०८१ बिहिबार
गाजामा इजरायली हमलामा पूर्वप्रहरी प्रमुखसहित ११ जनाको मृत्यु
पुष १८, २०८१ बिहिबार
सन् २०२४ चीनको सबैभन्दा गर्मी वर्ष : मौसम एजेन्सी
पुष १८, २०८१ बिहिबार
अब नर्सिङ कार्यक्रम लागू भएका विद्यालयमा स्वास्थ्य दूत नियुक्त गरिने
पुष १८, २०८१ बिहिबार
एमाले सचिवालय बैठक सुरू
पुष १८, २०८१ बिहिबार