रुकुमका अवरुद्ध सडक सञ्चालनः खाद्यान्न ढुवानीमा सहज
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शुक्रबार २१:२०:१८
१२ वैशाख, रुकुम । पहिरो हटाएर सडक सफा गरिएपछि रुकुममा खाद्यान्न ढुवानीमा सहज भएको छ । गत वर्ष चैत पहिलो हप्ता परेको वर्षाका कारण खसेको पहिरो हटाइएपछि देउखोला खण्डको बाटो पुनःसञ्चालन भएपछि सर्वसाधारणलाई आवागमन र खाद्यान्न ढुवानीमा सहजता आएको हो । बालुवा–देउखोला सडकखण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका वडा नम्बर ५ को उवाबाङमा गत वर्ष चैतमा पहिरो झरेको थियो । त्यसबाट सडक अवरुद्ध भएपछि नागरिकलाई आवतजावत र सामान ढुवानी गर्न समस्या भएको थियो ।
लकडाउनका बेला अहिले गाउँतिर खाद्यान्न अभाव हुन थालेपछि स्थानीय तह र जिल्ला प्रशासन कार्यालयको पहलमा बाटो खुलाइएको हो । तीन दिनसम्म लगातार डोजर लगाएर माथिबाट झरेको पहिरो हटाइएपछि सडक चलेको सिस्ने गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिए । यसपटक स्थानीय युवाले भीरमा झुण्डिएका ढुङ्गा हटाएर एमबी ग्रुपको डोजरमार्फत बाटो खुलाएको गाउँपालिकाका प्रवक्ता केसीको भनाइ छ ।
बाटो पुनः सञ्चालन भएपछि सिस्ने १ र २ तथा पुथाउत्तरगंगा गाउँपालिका ७, ८, ९ र १४ का नागरिकलाई सहज भएको छ । बाटो खुलेसँगै कोरोनाको कारण भएको लकडाउनमा अत्यावश्यक सामग्री ढुवानी तथा एम्बुलेन्समार्फत बिरामीलाई ओसारपसार गर्न सहज हुने केसीले बताए । लकडाउन अवधिभर सोही बाटो भएर गाडी पुग्ने ठाउँसम्म र सडक नपुगेका गाउँमा खच्चरमार्फत खाद्यान्नलगायत अन्य सामान ढुवानी गरिने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपक्रेन लगाएर कन्टेनर हटाइयो, पूर्वपश्चिम राजमार्ग सुचारु
मंसिर १३, २०८१ बिहिबार
गलकोट–ताराखोला–म्याग्दी सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्र
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड धमाधम कालोपत्र हुँदै
मंसिर १२, २०८१ बुधबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
भारतको आर्थिक वृद्धिदर सेप्टेम्बरमा ५.४ प्रतिशतमा झर्यो
मंसिर १४, २०८१ शुक्रबार
शृङ्खलाबद्ध चोरी/डकैतीमा संलग्न गिरोह पक्राउ
मंसिर १४, २०८१ शुक्रबार
नेपाली क्रिकेटरसँग खेल्न उत्साहित छु : शिखर धवन
मंसिर १४, २०८१ शुक्रबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार