प्रदेश सांसद मल्लद्वारा गल्याङ नगरपालिकालाई झण्डै ८० हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग
नेपालबहस संवाददाता
बैशाख १२, २०७७ शनिबार ०:४१:५६
१२ बैशाख स्याङ्जा । गण्डकी प्रदेश सांसद भागवत प्रकाश मल्लले गल्याङ नगरपालिकालाई झण्डै ८० हजार रुपैयाँ बराबरको खाद्यान्न सामाग्री सहयोग गरेका छन् ।
स्याङ्जा क्षेत्र नम्बर दुई ख का सांसद मल्लले गल्याङ नगरपालिकाको प्रकोप व्यवस्थापन राहत कोषमा विभिन्न खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । मल्लले प्रदान गरेका खाद्यान्न सामाग्री नेपाली काङ्ग्रेस गल्याङ नगर समिति सभापति श्यामप्रसाद बस्यालले गल्याङ नगरप्रमुख भुपराज अधिकारीलाई हस्तान्तरण गरे ।
खाद्यान्न अन्तर्गत २५ केजीका ४५ बोरा चामल, दुई बोरा दाल, तीन प्याक तेल र एक बोरा नुन गरी ७९ हजार पाँच सय ५० रुपैयाँ बराबरको खाद्यान्न सामाग्री रहेको बस्यालले जानकारी दिए । खाद्यान्न सामाग्री ग्रहण गर्दै नगरप्रमुख अधिकारीले विपतको बेलामा गरिएको सहयोग निकै महत्वपूर्ण रहेको बताए । उनले प्राप्त खाद्यान्न सामाग्री विपन्नमा परेका नगरवासीहरुलाई हस्तान्तरण गरिने स्पष्ट पारे ।
सो अवसरमा वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले सांसद मल्लबाट आएको सहयोग बारे जानकारी दिएका थिए । हस्तान्तरण कार्यक्रममा गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डे, रेडक्रस गल्याङ शाखाका सभापति लक्ष्मण भट्टराई, नेपाली काङ्ग्रेसका स्थानीय नेता चन्द्रबहादुर रखाली नेकपा नेता लोकेन्द्र थापामगर लगायतको पनि सहभागिता थियो ।
गल्याङमा उत्पादित तरकारी तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले खरिद विक्री गर्ने
गल्याङमा उत्पादित तरकारी तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले खरिद तथा विक्री गर्ने भएको छ ।
गल्याङ नगरपालिका भित्रका तरकारी उत्पादक किसानहरुको समस्याको समाधानका लागि गल्याङ नगरपालिकाको समन्वयमा साना किसान कृषि सहकारी संस्था लिमिटेडबाट तरकारी खरिद विक्री हुने भएको हो ।
संस्थाले गल्याङ नगरपालिका भित्र उत्पादित तरकारी खरिद तथा विक्री गर्ने निर्णय भएकाले सम्पर्क गर्न सम्पूर्ण तरकारी उत्पादक किसानहरुलाई संस्थाका अध्यक्ष दलबहादुर सिंजालीले आग्रह छ । सिंजालीका अनुसार बजार मुल्य अनुसार किसानबाट उत्पादित तरकारी उचित मुल्यमा खरिद तथा विक्री हुनेछ । लकडाउनका कारण समस्यामा परेको अवस्थामा सहजीकरणका लागि यस्तो निर्णय भएको गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले बताए ।
उनले तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले नगरपालिकाको जुनसुकै क्षेत्रमा पुगेर किसानले उत्पादन गरेको तरकारी खरिद गरी बजारीकरण गर्ने सहमति भएको स्पष्ट पारे । पाण्डेका अनुसार यसका लागि किसानको बारीसम्म पुग्न इन्धनको व्यवस्था गल्याङ नगरपालिकाको तर्फबाट हुनेछ । तुलसीभञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीले नाफाको भन्दा पनि सेवाको भावनाका साथ संस्थाले किसानलाई राहत दिन खोजेको बताए ।
उनले कुहिएर जान सक्ने तरकारीको बजारिकरणका लागि यस्तो निर्णय गरिएको स्पष्ट पारे । यसका लागि तरकारी उत्पादक किसानहरुले प्रबन्धक शम्भुनारायण अधिकारी र कर्मचारी सुर्य धमेललाई ९८५६०३२९६८ र ९८५६०५१३१५ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीमा फलेको किबीले बजार पाएन
पुष ४, २०८१ बिहिबार
मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्नेच्युडको भूकम्प
पुष ४, २०८१ बिहिबार
सुन्तला किन्न व्यापारी बगैँचामा, किसान भन्छन् ‘बजार नपाउला भन्ने चिन्ता छैन ’
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
पुष ४, २०८१ बिहिबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
राप्ती नदीमा निर्माणाधीन पुल
पुष ४, २०८१ बिहिबार
अस्पष्ट तस्वीरमा रास्वपाको प्रोपोगान्डा, के हो वास्तविकता ?
पुष ४, २०८१ बिहिबार
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार
पुष ४, २०८१ बिहिबार
मेलम्चीको पानी आपूर्तिः ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
पुष ४, २०८१ बिहिबार
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
पुष ४, २०८१ बिहिबार
बिहीबार तोलामा १७ सयले घटेर १ लाख ४९ हजारमा कारोबार भइरहेको छ सुन
पुष ४, २०८१ बिहिबार