रुखबाट लडेर घाइते एक महिलाको हेलिकोप्टरबाट उद्धार
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार १७:३:३१
१३ वैशाख, बाजुरा । घाँस काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएकी महिलाको उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको छ । बाजुराको बडिमालिका नगरपालिका–८ बस्ने ३५ वर्षीया धनमती रावलको बिहीबार घासँ काट्दा रुखबाट लडेर मेरुदण्ड भाँच्चिएको थियो । नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा नेपाली सेनाको हेलिकोप्टरबाट ३५ वर्षीय रावलको शनिबार बिहान काठमाडौँको ट्रमा सेन्टरमा उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले जानकारी दिएको छ ।
बिहीबार पाला काट्नेक्रममा लडेर मेरुदण्ड भाँचिएकी धनमती रावललाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि उपचारका लागि काठमाडौँ सिफारिस गरिएको थियो । तर घरको आर्थिक समस्या भएका कारण तत्काल काठमाडौँ लैजान नसकेको र आज नेपाल सरकार गृह मन्त्रालयको सहयोगमा हामीजस्ता निमुखा जनताको हितका लागि दैलोमै हेटिकोप्टरबाट उपचारका लागि सहयोग गरेको भन्दै श्रीमान् शेरबहादुर रावलले खुशी व्यक्त गरेका छन् ।
जिल्ला अस्पताल बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माका अनुसार ती महिलाको मेरुदण्ड भाँच्चिएकाले बाजुरा अस्पतालमा उपचार हुन नसक्ने बताएको थियो । उनलाई थप उपचारका लागि काठमाडौँ लग्नुपर्ने डा रुपचन्द्र विश्वकर्माले परिवारलाई सल्लाह दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार