एक हजार ९९० जनाको कोरोना रिपोर्ट नेगेटिभ
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार १८:१४:०
१३ वैशाख, डोटी । अहिलेसम्म एक हजार ९९० जनामा कोरोना परीक्षण गरिएको छ । कोरोना परीक्षणपश्चात् सबैको रिपोर्ट नेगेटिभ आएको छ । हालसम्म ३३७ पिसिआर र एक हजार ६५३ ¥यापिड डायग्नोष्टिक टेस्ट (आरडिटी) गरी कुल एक हजार ९९० जना स्थानीयवासीको कोरोना परीक्षण गरिएको हो ।
पिसिआर र ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएका हालसम्मका सबै नागरिकको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा शुक्रबार पनि ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण भए÷नभएको बारे जानकारी लिन ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट परीक्षण गरिएको छ ।
जिल्लाको पूर्वीचौकी गाउँपालिकामा १७, बडीकेदारमा तीन, जोरायल गाउँपालिकामा दुई, सायल गाउँपालिकामा १६ र शैलेश्वरी अस्पताल दिपायलमा एकजना गरी कुल ३९ जनाको ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ का सम्पर्क व्यक्ति सूर्य विष्टले जानकारी दिए। उनका अनुसार पाँच महिला र ३४ पुरुष गरी कुल ३९ जनाको कोरोना परीक्षण गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
महोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
मंकीपक्सबाट बच्न सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
राहदानी बनाउन माल्टाबाट ६ सय ५० को आवेदन
पुष ६, २०८१ शनिबार
क्रिकेट महाकुम्भ एनपीएल: उपाधिका लागि सुदूरपश्चिम र जनकपुर भिड्दै
पुष ६, २०८१ शनिबार