भूकम्पमा ८२ घण्टापछि उद्धार गर्दा जीवितै : अहिले मर्नू न बाँच्नू
नेपालबहस संवाददाता
बैशाख १३, २०७७ शनिबार २१:१८:३३
◊ प्रेमनारायण आचार्य
१३ वैशाख, अर्घाखाँची । भूमिकास्थान नगरपालिका १ साम्नेगाउँ निवासी ३१ वर्षीय ऋषि खनालको नाम सम्झँदा पनि सबैको मुटु काम्छ । काठमाडौँको गंगबुमा रहेको साततले गेष्ट हाउसको पहिलो र दोस्रो तला भूकम्पले भत्किएको थियो तर माथिल्लो चार तला कायमै थियो । विसं २०७२ को गोरखा भूकम्पमा ८२ घण्टापछि भेटिनुभएका खनालको जीवितै उद्धार गरिएको थियो । सशस्त्र प्रहरी, फ्रान्सेली तथा उद्धार टोलीको १० घण्टा लामो प्रयासपछि खनालको उद्धार गरिएको थियो । खनालले आफू बाँच्नका लागि पिसाबसमेत खानुभएको थियो । उनले भित्रबाट सानोसानो ढुंगा बाहिर फालेर उद्धार टोलीको ध्यान खिंच्नेका थिए ।
ती अचम्मका युवक खनाल अहिले दैनिक जीवन गुजारा कसरी गर्ने र आफ्नो छोरालाई कसरी पढाउने भन्ने चिन्तामा छन् । विदेश गएर पैसा कमाउने र आफ्नो सुखी परिवार बनाउने सपना बोकेर उनी अर्घाखाँचीबाट काठमाडौँ गए । फर्कँदा देब्रे खुट्टा काटिएका उनले भने, “छोरो कसरी पढाउने भन्ने चिन्ता छ ।” गाउँकै अङ्ग्रेजी विद्यालयमा डेढ वर्ष पढाए पनि छोराको शुल्क तिर्न नसकेर सामुदायिक विद्यालयमा पढाउनुपरेको घाइते खनालकी पत्नी कविता बताउछीन् ।
उनले भूकम्पमा परेर अङ्गभङ्ग भएका साथीहरुसँगै मिलेर आफूले पनि कुनै सीप सिकेर जीविकोपार्जन गर्ने चाहना व्यक्त गरे । काठमाडौँमा विभिन्न संघसस्थाले निःशुल्क सीपमूलक तालीम दिने बताए पनि आफूले अहिलेसम्म कुनै अवसर नपाएको उनले बताए । “म बाँचेकोभन्दा पनि पत्नी र छोराको भविष्य सोचेर चिन्तित छु । मेरो जिन्दगी त गयो छोराको भविष्य कसरी निर्माण गर्ने, यही चिन्ता छ, म मर्नु न बाँच्नु पो भएँ त ”, उनले गुनासो गरे । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार