अबको ओली यात्रा
![इन्द्र रिजाल](
https://nepalbahas.prixacdn.net/media/albums/Indra_Rijal_MwZXtSM0ir.jpg
)
इन्द्र रिजाल
बैशाख १३, २०७७ शनिबार २२:४:३
![](https://nepalbahas.prixacdn.net/media/albums/pm-oli_sA4IX5ZaZ7.jpg)
१३ बैशाख, काठमाडौं । सत्ताको आशक्तिले शासकलाई कतिसम्म अविश्वासी बनाउँदो रहेछ भन्ने गतिलो उदाहरण बनेको छ, अध्यादेश प्रकरण । गएको सोमबार हठात रुपमा ल्याइएको र बिजुली गतिमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेका दुई अध्यादेश हिजो शुक्रबार त्यही गतिमा खारेज गरिन् ।
पाँच दिने यो अवधिमा अध्यादेश कार्यान्वयनको प्रयत्न पनि भयो । संघीय समाजवादी दल विभाजन गर्न प्रधानमन्त्री केपी ओली न्वारनदेखिको बल लगाएरै निर्वस्त्र भए । तर केही चलेन । बरु भइदियो उल्टो । लामो समय हुन नसकेको एउटा काम चाहिं अप्रत्यासित रुपमा भयो– संघीय समाजवादी र राष्ट्रिय जनता पार्टी एकीकरण ।
दोस्रो पटक सत्तामा आएको लगभग आधा कार्यकाल उनले विभिन्न फण्डामै चलाए देश । सधैं एउटा न एउटा विवाद र अहंकार । उनले आफ्नो परिचय नै गफाडी प्रधानमन्त्रीको रुपमा स्थापित गराए । झण्डै दुई तिहाईको बलियो पकड रहेको उनको पार्टी अहिले बिरानो भएको छ । पार्टी संरचनामा मात्र हैन, संसदीय फाँटमा समेत उनको वर्चश्व चाउरिएको छ । त्यसको मूल कारण भनेकै अहम् र एकलौटीपन हो ।
त्यस अर्थमा मधेसवादी दलले त्राण पायो । ओलीका लागि चाहिं “आफू ताक्छु मूढो, बञ्चरो ताक्छ घुँडो” भइदियो । अध्यादेश ल्याउने सुइँको कसैलाई दिइएन । ओली निकट स्रोत भन्छ– पार्टीमा छलफल गर्दा सूचना चुहिने डर थियो । त्यसो हुँदा सोचेको प्रतिफल प्राप्त नहुन सक्थ्यो । यो कुरा शीर्ष नेताहरुले बुझिदिएनन्– उनको गुनासो थियो । जे भएपनि विधेयक फिर्ता लिएर प्रधानमन्त्री ओली तत्कालका लागि संकटमुक्त देखिनु भाको छ । तर अझै रेड जोनमै हुनुहुन्छ– पूर्व माओवादी नेता भन्छन् । ओलीको एकल र केटाकेटीपनले गर्दा सिंगो नेकपा बद्नाम भएको छ, त्यसको क्षतिपूर्ति ओलीको राजीनामाले मात्र हुनसक्छ– ती नेताले थपे ।
उनले भनेजस्तै अबको यात्रा त्यही कोर्षमा बढ्ने देखिन्छ । कोरोना संक्रमणले लकडाउन कति लम्बिन्छ, त्यही आधारमा ओलीको राजनीतिक भविष्यको लेखाजोखा हुने अवस्था छ । २० जना स्थायी कमिटी सदस्यले मागेको वैठक नराखी अब उपाय छैन । त्यहाँ ओलीले कसरी आफूलाई डिफेण्ड गर्लान् ? त्यसको सहज उत्तर खोज्न मुश्किल छ । प्रधानमन्त्री ओलीको ओरालो यात्रा आरम्भ भईसकेको अनुमान लगाउन अब गाह्रो छैन । दोस्रो पटक सत्तामा आएको लगभग आधा कार्यकाल उनले विभिन्न फण्डामै चलाए देश । सधैं एउटा न एउटा विवाद र अहंकार । उनले आफ्नो परिचय नै गफाडी प्रधानमन्त्रीको रुपमा स्थापित गराए । झण्डै दुई तिहाईको बलियो पकड रहेको उनको पार्टी अहिले बिरानो भएको छ । पार्टी संरचनामा मात्र हैन, संसदीय फाँटमा समेत उनको वर्चश्व चाउरिएको छ । त्यसको मूल कारण भनेकै अहम् र एकलौटीपन हो ।
सत्तामा आएपछि उनले आफ्नै पार्टीका समवयी नेतालाई कहिल्यै सम्मान गरेनन् । बरु सधैं एक एक गरी खुइल्याउने काम गरे । विगतमा पार्टीभित्र निरीह अवस्थामा पुगेका बेला माधव नेपाल र झलनाथ खनालले गरेको व्यवहारको बदला लिने औजारका रुपमा उपयोग गरे सत्ता । कहिले पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर माधवलाई तह लगाए भने कहिले माधवसँग कुम जोडेर झलनाथलाई झल्लू बनाई दिए । हुँदाहुँदा आफ्नो बलियो हातका रुपमा रहेका बामदेव गौतमलाई समेत जोकर बनाई दिए ओलीले ।
हिजोसम्म भरिलो काँध मानिएका विष्णु पौडेलसमेत मुसा प्रवृत्तिको पात्र बनेका छन् । ओलीको नाउमा प्वाल परेको भेउ पौडेलले पाईसके । त्यसैले उनी गुट परिवर्तनमा लागेका छन् । अहिले केवल ईश्वर पोखरेलको एकल साथ ओलीसँग छ । यस्तो अवस्था भएपनि सचिवालय वा स्थायी कमिटीले ओलीलाई पदच्यूत गर्न भने सहज देखिंदैन ।
एमालेको छहारीमा घुस्रेको आरोप लागेको तत्कालिन माओवादी केही समय ओलीको छत्रछायाँमै रमायो । ओलीका हरेक कदममा प्रचण्डको बलियो साथ रह्यो । त्यसलाई ओलीले हतियारका रुपमा मात्रै प्रयोग गरे । जब त्यसको छनक प्रचण्डले पाए, अनि उनको साथ र काँध फेरियो । ओलीलाई तह लगाउन पाए हुन्थ्यो भनेर जोखाना हेरेर बसिरहेका माधव – झलनाथ हौसिए प्रचण्डको विद्रोहबाट । अनि नयाँ गठबन्धन बनेको छ प्रचण्डको । माधव, झलनाथ र बामदेवसँगको यात्रा कसिलो र भरपर्दाे बनेको छ । ओलीलाई तह लगाउने यो यात्रालाई कसरी सुरक्षित अवतरण गर्ने भन्ने चिन्ता बढेको देखिन्छ ।
सचिवालयमा ओलीको बर्चश्व घट्दो छ । हिजोसम्म भरिलो काँध मानिएका विष्णु पौडेलसमेत मुसा प्रवृत्तिको पात्र बनेका छन् । ओलीको नाउमा प्वाल परेको भेउ पौडेलले पाईसके । त्यसैले उनी गुट परिवर्तनमा लागेका छन् । अहिले केवल ईश्वर पोखरेलको एकल साथ ओलीसँग छ । यस्तो अवस्था भएपनि सचिवालय वा स्थायी कमिटीले ओलीलाई पदच्यूत गर्न भने सहज देखिंदैन । गत निर्वाचनमा ओली नेतृत्वमा गरेको वाचा र उनीप्रतिको आकर्षण त्यसै धुलिसात पार्न गाह्रै छ । ओलीलाई सच्याएर लैजाने ल्याकत पनि नेताहरुसँग देखिंदैन । त्यसैले आउने दिन अझै कष्टप्रद देखिन्छ नेकपाका लागि । प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीलाई विस्थापन गर्ने प्रयास हुनसक्ला । हिजो पनि यस्तो प्रयास भएको बुझाई ओलीको थियो । त्यसैले नै उनले कसैसँग सल्लाह नगरी बलात अध्यादेश जारी गराए । त्यो अवस्था अझै कायमै छ ।
यो अवस्थालाई राम्ररी विश्लेषण गरेका ओली पनि प्रचण्डसँग झुक्नेवाला छैनन् । कुनै मोर्चामा अवश्य पनि देखाईदिने उनको तयारी यथावत छ । जसले गर्दा जतिसुकै कमजोर र ओरालो यात्रामा भएपनि ओली गलेका छैनन् । धेरै विवाद र लुछाचुँडी अझै हेर्न बाँकी नै छ नेपाली जनताले ।
ओलीलाई पदमुक्त गर्न नेताहरुलाई भने जस्तो सजिलो पक्कै छैन । ओली त्यसै बसेका छैनन् । हरेक नेताको कुण्डली उनीसँग छ । त्यो कुनै पनि बेला इस्तेमाल हुनसक्छ । उनले पछिल्लो अवस्थामा नेता नेपालसँग सम्बन्ध सुधार्न धेरै प्रयास गरे । तर नेपालले आफूलाई तत्कालै पार्टी अध्यक्ष पद दिन माग गरे । त्यति गरे यो कार्यकाल निर्वाध रुपमा प्रधानमन्त्री चलाउने ग्यारेण्टी नेपालले गरेका थिए । तर ओलीले नेपालको प्रस्ताव वास्तै गरेनन् । बरु आउने महाधिवेशनबाट अध्यक्ष बनाउने आश्वास दिएका थिए ओलीले । नेता नेपालले उधारो सहमति नमान्ने बताए । त्यसो भए जे सक्नुहुन्छ गर्नाेस्, म आफ्नै ढंगले बढ्छु भने ओलीले ।
ओलीको यस्तो प्रतिक्रियापछि नेपाल हच्किएका छन् । कदाचित ओलीलाई पदच्यूत गर्न सकिएन भने पार्टीमा आफू सदाका लागि शहिद हुने उनले राम्ररी बुझेका छन् । त्यसैले ओलीलाई पदमुक्त गर्ने तहसम्मको प्रयास नेपालबाट तत्कालै होला भन्ने देखिन्न । यो अवस्थालाई राम्ररी विश्लेषण गरेका ओली पनि प्रचण्डसँग झुक्नेवाला छैनन् । कुनै मोर्चामा अवश्य पनि देखाईदिने उनको तयारी यथावत छ । जसले गर्दा जतिसुकै कमजोर र ओरालो यात्रामा भएपनि ओली गलेका छैनन् । धेरै विवाद र लुछाचुँडी अझै हेर्न बाँकी नै छ नेपाली जनताले ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
आलिया भट्टले तोडिन् अमेरिकन गायिका जेनिफर लोपेजको रेकर्ड
फागुन ४, २०८१ आइतबार
इजरायली हवाई आक्रमणमा गाजामा तीन प्रहरी अधिकारीको मृत्यु
फागुन ४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच भेटवार्ता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
फागुन ४, २०८१ आइतबार
खोटाङको हलेसी बजारमा आगलागी, निभाउने प्रयास जारी
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार