दिनदुखीको घाउमा मलमपट्टी लगाउँदै एक्लो यूवानेता भूपेन्द्रजंग शाही
कुसुम सेञ्चुरी
बैशाख १३, २०७७ शनिबार २३:७:३१
कांग्रेस युवा नेता शाहीको दैनिकी:- बिहानदेखि रातिसम्म राहत बाँड्दै
♦ कुसुम विश्वकर्मा
१३ बैशाख, काठमाडौं । विगत एक महिनादेखि देश लकडाउनमा छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने भरपर्दाे उपायका रुपमा यो विधि सर्वत्र अपनाइएको छ । केपी ओली नेतृत्वको सरकार लकडाउन गर्दा पुग्ने मनस्थितिमा छ । लकडाउन गरेपछि सर्वसाधारणले कस्तो अवस्था भोगेका छन् भन्नेतिर कसैको ध्यान पुगेको छैन । मानिस खान नपाएर भोकभोकै सयौं किलोमिटर पैदल यात्रामा निस्किए । तिनै निम्न वर्गको मत लिएर सत्तामा पुगेका कम्युनिष्ट नेता भने घरघरमा लुकेर बसेका छन् ।
कोरोनाको त्रासले नेताहरु घरमा लुकिरहँदा नेपाली कांग्रेसका एक युवानेता भने कालीकोटदेखि राजधानीका टोलटोलमा पुगेर राहत बाड्दै छन् । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच ज्यान जोखिममा राखेर दिनदुखीहरुको घाउमा मलम लगाउँदै निरन्तर हिडिरहेका छन्, एक्लो भूपेन्द्रजंग शाही । कांग्रेसका तर्फबाट कालिकोट जस्तो अति दुर्गम जिल्लामा दुई दुईपटक सांसदको निर्वाचन लडिसकेका तथा नेपाल तरुण दलका महासचिव भैसकेका युवा नेता भूपेन्द्रजंग शाहीलाई अहिले राहत बाँड्न भ्याइनभ्याई छ । बिहानैदेखि उनी सम्पर्कमा आएका दिनदुखीलाई राहत बाड्न सक्रिय हुने गरेका छन् ।
निजी खर्चमा उनी खान नपाएर भोकभोकै परेका सर्वसाधारण जनताको न्यूनतम आवश्यकता पूरा गर्ने खालको खाद्यान्न सामाग्री लिएर कहिले भक्तपुर हानिन्छन् त कहिले थानकोट पुग्ने गरेका छन् । आफ्नो गृह जिल्ला कालीकोट मात्र होइन कर्णाली प्रदेशबाट काठमाडौं आएर विभिन्न पेशा व्यवसाय गर्ने समग्र जनताको सम्पर्कमा पुगेर यूवानेता शाहीले राहत र उद्धारको काम जारी राखेका छन् । साथै अन्य क्षेत्रका दिनदुखीहरु प्रति पनि उनी उत्तिकै संवेदनशील भएर राहत वितरण गरिरहेका छन् ।
ओली सरकारले दायित्व पूरा गरेन भन्दैमा नेपाली कांग्रेस पनि गैर जिम्मेवार बन्न मिल्दैन भन्दै उनले जनतालाई समस्या पर्दा कांग्रेसका नेता सडकमा आउनुपर्ने उनको धारणा छ । नेपाली कांग्रेस भनेको बैकल्पिक सरकार हो भन्दै उनले नेताहरु मिडियामा देखिने तर फिल्डमा नआउने प्रवृत्ति बिल्कुलै गलत भएको बताए । लकडाउन गर्ने अनि सुतेर बस्ने सरकारको रबैयाको चर्काे आलोचना गर्दै युवा नेता शाहीले नेपाली कांग्रेसका तर्फबाट संसदमा पुगेका युवा नेताहरुसमेत घरबाट बाहिर ननिस्कनु गलत भएको प्रतिक्रिया दिए ।
टेलिभिजनमा सधैं देखिने काठमाडौंकै कतिपय नेताहरु कहिल्यै जनताको घाउमा मल्हम पट्टी लगाउनतिर अग्रसर भएनन् – उनले भने, यस्ता नेताबाट देश र जनताले के अपेक्षा गर्ने ? जनता दुख र संकटमा पर्दा कता हराए अरु नेता ? जनता संकटमा पर्दा घरभित्रै ग्प्तबास बस्ने कि चह¥याईरहेको जनताको घाउमा मलमपट्टी लगाउने ? उनको प्रश्न छ ।यतिबेलै हो नेपाली कांग्रेसले आफ्नो उपस्थिति देखाउने बेला भन्दै उनले दुख र संकटका बेला जनतासँग पुग्न आह्वान गरे ।
वास्तवमा सरकारी राहत बाड्ने नाममा स्थानीय सरकारका प्रतिनिधिहरु फाट्टफुट्ट देखिएपनि आफ्ना मतदाता मात्र खोजेर राहत बाड्दा वास्तविक पीडित जनता भने राहत पाउनबाट बञ्चित भईरहेका छन् । बाहिरी जिल्लाबाट काठमाडौं आएर पढ्ने विद्यार्थी र मजदूर अहिले सबैभन्दा प्रताडित छन् भन्दै नेता शाहीले नेकपा नेताको सम्पर्कमा नभएका वा नसक्नेहरु भोकभोकै बस्नु परिरहेकाले नै आफू यो अभियानमा लागिरहेको बताए ।
लकडाउन शुरु हुनु अघि गृह जिल्ला कालिकोट पुगेर एक हजार थान सर्जिकल मास्क वितरण गरेका उनी अझै पनि धेरै पीडितले राहत पाउन नसकिरहेको बताए । सबैलाई आफ्नो स्वास्थ्यको माया हुन्छ भन्दै उनले यस्तो बेला नेपाली कांग्रेसका नेताहरुलाई पीडित नागरिकको सम्पर्कमा आउन आग्रह समेत गरेका छन् ।
कुसुम सेञ्चुरी
नेपालबहस डटकमकी समाचार सम्पादक/ समाचार प्रमुख कुसुम सेञ्चुरी राजनीति तथा समसामयिक विषयवस्तुमा कलम चलाउँछिन् । फुलवारी एफएमदेखि रेडियो पत्रकारिता शूरु गरेकी कुसुमले रासस, रेडियो अन्नपूर्ण र देशान्तर एफएममा पनि काम गरेकी छन् । केही समय उनले नाइस टीभीमा समाचार प्रस्तोताको रुपमा पनि कुशलतापूर्वक जिम्मेवारी निभाएकी छन् ।
लेखकबाट थपहुम्लामा लगातार हिमपात, सडक र हवाई यातायातका साथै दैनिक काम प्रभावित
पुष १४, २०८१ आइतबार
झारपातले कुरूप बन्दै राराताल
पुष १४, २०८१ आइतबार
कर्णालीका ९ जिल्लामा गुणस्तर परीक्षण प्रयोगशाला स्थापना हुँदै
पुष १४, २०८१ आइतबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
राष्ट्रिय किताब खानाका शाखा अधिकृत प्रसाईं घुससहित पक्राउ
पुष १४, २०८१ आइतबार
परराष्ट्रमन्त्री डा राणाद्वारा भारतीय पूर्वप्रधानमन्त्री सिंहप्रति श्रद्धाञ्जली
पुष १४, २०८१ आइतबार
बैतडीमा निस्सासिएर मजदुरको ज्यान गयो
पुष १४, २०८१ आइतबार
कानून नमान्ने खेल संघलाई कारबाही हुन्छः खेलकुदमन्त्री चौधरी
पुष १४, २०८१ आइतबार
कुखुराको मासु खाँदा अछाममा एकको मृत्यु, तीन जना बिरामी !
पुष १४, २०८१ आइतबार