लकडाउन अवधिभर वीरेन्द्रनगरले बाँड्यो रु दुई करोड राहत
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार १५:१२:९
१४ वैशाख, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै रु दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै रु एक करोड ९६ लाख ६३ हजार ६२३ को राहत सामग्री वितरण गरेको जानकारी दिएको छ । कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा शनिबार बसेको बैठकले शुक्रबारसम्म एक हजार ६९१ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गरिएको विवरण पारित गरेको हो ।
कार्यवाहक नगरप्रमुख ढकालले ज्यालादारी मजदुर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर खाद्य सामग्री राहतस्वरुप वितरण गरेको जानकारी दिएका छन् । नगरपालिकाले कोरोना सङ्क्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको रु ३० लाख, अन्य व्यक्ति तथा संस्थाबाट रु छ लाख ८३ हजार २१५ गरी ३६ लाख ८३ हजार २१५ बचत हुन आएको जनाएको छ । कार्यपालिका बैठकले लकडाउन शुरु हुनुपूर्व सञ्चालनमा रहेका विभिन्न पूर्वाधार निर्माणकार्यलाई भौतिक दूरी कायम गरी रोगको सङ्क्रमण फैलिन नदिने उपाय अवलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना अघि बढाउने निर्णय गरेको छ ।
त्यस्तै यस अवधिमा कोरोना भाइरस सङ्क्रमण भए/नभएको पत्ता लगाउन १६० जनाको दु्रत निदानात्मक परीक्षण (आरडिटी) गरिएको जनाएको छ । नगरपालिकाले सुब्बाकुना, छेडा, फलाँटे, बाँगेसिमललगायतका स्थानमा कोरोना सङ्क्रमणसम्बन्धी सचेतना र सहयोगका लागि सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार