नगरप्रमुख घर्तीमाथि आक्रमण, आक्रमण गर्नेहरुको व्यापक खोजी
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार १५:३२:३६
१४ वैशाख, जाजरकोट । भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीमाथि आक्रमण भएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं नगरप्रमुख घर्तीमाथि शनिबार जिल्लाको भेरी नगरपालिका–१० को फेराखोलास्थित भेरी नदीको किनार छेउमा आक्रमण भएको हो ।
साविकको पुन्मा गाविसका अध्यक्ष मधु चन्दको मृत्युपछि उहाँको मलामी गएका नगरप्रमुख घर्तीलाई सत्तारूढ नेकपाका युवासङ्घ नेपाल जाजरकोटका संयोजक दीपेन्द्र शाहीको समूहले आक्रमण गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले शाही र उनका भाइहरुको समूहले नगरप्रमुख घर्तीमाथि ढुङ्गा र मुक्का प्रहार गरेर आक्रमण गरेको बताए । नगरप्रमुख घर्ती नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश समिति सदस्यसमेत हुन् ।
नगरप्रमुखले योजना दिँदा शाही समूहले नपाएको र आफूमाथि अन्याय गरेको गुनासो गर्ने क्रममा विवाद भएको बताइएको छ । नेकपा कर्णाली प्रदेशले विज्ञप्ति निकाल्दै दोषीमाथि कारवाहीको माग गर्दै युवासङ्घ केन्द्रीय समितिले शाहीलाई निलम्बन गर्नसमेत माग गरेको छ । नगरप्रमुख घर्तीलाई आक्रमण गर्नेहरुको व्यापक खोजी भइरहेको जाजरकोट प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोरकुमार श्रेष्ठले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार
म्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार