कोरोना जोखिमलाई मध्यनजर गर्दै यार्सा टिप्न प्रतिबन्ध
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार १७:३३:३१
१४ वैशाख, बझाङ । जिल्लाको हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा यस वर्ष टिप्न नपाइने भएको छ । पछिल्लो समयमा विश्वभर कोरोनाको त्रास फैलिरहेको बेला त्यसको सङ्क्रमण र जोखिमलाई मध्यनजर गर्दै यस वर्ष यार्सा गुम्बा टिप्नका लागि यार्सा गुम्बा पाइने स्थानीय तहहरुले प्रतिबन्ध गरेका हुन् ।
जिल्लाको साइपाल, सुर्मा गाउँपालिका, बुङ्गल नगरपालिकालगायत स्थानीय तहका हिमाली भेगमा पाइने यार्सागुम्बा टिप्नका लागि सधैँजसो वैशाख महिनादेखि जाने गरे पनि यस वर्ष भने मानिसको भीडभाडबाट कोरोनाको सङ्क्रमण बढ्ने भएपछि स्थानीय तहहरुले यार्सागुम्बा टिप्न जानमा रोक लगाएको साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए । बझाङ जिल्लाका धेरैजसो मानिसको आयआर्जनको तथा आम्दानीको रूपमा लिने यार्सागुम्बालाई यस वर्ष रोगको जोखिम भएपछि टिप्न जान रोक लगाएको हो ।
कतिपय स्थानीय तहका मानिस यार्सा टिपेर आफ्नो घर खर्च तथा छोराछोरीको पढाइ खर्च गर्ने गरेको भए पनि यस वर्ष रोक लगाएपछि आफूहरुलाई घर खर्च चलाउन समस्या हुने र आफूहरु घरमै बसेको साइपाल गाउँपालिकाका बमबहादुर बोहराले बताए । उनले भने, “तीनदेखि चार हजारको उचाइमा पाइने यार्सागुम्बा टिप्नका लागि वैशाखदेखि असार अन्तिमसम्म बझाङ जिल्ला मात्र नभएर छिमेकी जिल्लाका समेत हजारौँ मानिस र्यासागुम्बा टिप्न आउने गरेकोसमेत बोहराले बताए ।
साथै अघिल्ला वर्षहरुमा घरपरिवारसँगै बालबालिकासमेत लेकतिर जाने भएकाले विद्यायसमेत बन्द हुने गरेका थिए भने तीन महिनासम्म जोखिमयात्रा गरेर टिपेको यार्सागुम्बा प्रतिकेजी रु नौ–दश लाखमा बेच्ने गरेको समेत बोहोराले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
वैदेशिक व्यापार सुधारोन्मुख: आयात र निर्यात बढ्यो
पुष ७, २०८१ आइतबार
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राख्न राजदूतहरुलाई आग्रह
पुष ३, २०८१ बुधबार
अवकाशको सम्मुखमा एआईजीको लर्को, राज्यलाई अनावश्यक आर्थिक भार
नेपालबहस संवाददाता
पुष १४, २०८१ आइतबार
के भारत–बंगलादेश सम्बन्धमा दरार आएकै हो ?
नेपालबहस संवाददाता
पुष १३, २०८१ शनिबार
हिउँ जमेपछि कर्णाली राजमार्गको सातमोडमा सडक अवरुद्ध, यात्रु सडकमै अलपत्र
पुष १५, २०८१ सोमबार
काठमाडौंको टुडिँखेलमा तमु ल्होसार (फोटो फिचर)
पुष १५, २०८१ सोमबार
फाल्गुनन्द गोल्डकपको उपाधि चर्च ब्वाइजलाई
पुष १५, २०८१ सोमबार
वीरगन्जमा मालबाहक ट्रकबाट १६० केजी गाँजासहित दुई जना पक्राउ
पुष १५, २०८१ सोमबार
माधव नेपालसँग बामदेव गौतमले मागे कार्यकारी भूमिका, झलनाथपछिको वरियता
पुष १५, २०८१ सोमबार