पार्टीभित्रका समस्याको साझा प्रयत्नबाट समाधान गर्न सुझाव दिएको हुँ : उपाध्यक्ष गौतम
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार १८:२८:२७
१४ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफू र प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीबीचको पछिल्लो कुराकानीमा पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको जनाएको छ । उपाध्यक्ष गौतमले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएपछि पनि उत्पन्न अनेक समस्या समाधान गर्न पार्टीका कमिटीलाई बाइपास नगरी प्रत्यक्ष छलफल गरेर तथा अरुका सुझाव र विचारलाई सम्मान गर्दै समाधान गर्न सुझाव दिएको स्पष्ट गरे ।
केही सञ्चारमाध्यमले आफू र प्रधानमन्त्री ओलीबीच शनिबार दोहोरो भनाभन भएको भन्ने समाचार सम्प्रेषण भएकामा आश्चर्य व्यक्त गर्दै गौतमले पार्टीको सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउन सुझाव दिएको आज विज्ञप्ति जारी गरी स्पष्ट गरेको छ ।
“प्रधानन्त्रीले धैर्यपूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।” गौतमले विज्ञप्तिमा भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
प्रधानमन्त्री ओलीद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार