नेकपा विवाद:- सजिलो छैन ओली हटाउन
इन्द्र रिजाल
बैशाख १४, २०७७ आइतबार १८:५९:५६
समाचार टिप्पणी
१४ बैशाख, काठमाडौं । सत्तारुढ नेकपाभित्र विकसित पछिल्लो विवाद र अविश्वासले अब कुन रुप धारण गर्ने हो ? त्यसै भन्न सकिने अवस्था छैन । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको कार्यशैली र व्यवहारप्रति शीर्ष नेताहरु क्षुब्ध छन् । प्रधानमन्त्री बेलगाम भएको बुझाई शीर्ष नेताहरुको छ । ओली पार्टीको नियन्त्रणमा रहनुपर्ने तर्क उनीहरुको छ ।
उता, प्रधानमन्त्री ओली भने अहिलेको जनमत आफ्नो नेतृत्वलाई आएकाले अनावश्यक बखेडा झिक्नुको अर्थ छैन भन्ने पक्षमा रहेका छन् । साथै, पार्टी अध्यक्षसमेत आफैं रहेका बेला सरकार र पार्टी चलाउने काममा आफूलाई अवरोध हुन नहुने उनको सोच रहेको छ । यही विवाद र रस्साकस्सीबीच अहिले नेकपाको विवादको निकास पहिल्याउन मुश्किल भइरहेको छ ।
यसका लागि उनले कहिले पुष्पकमल दाहाललाई हातमा लिएर नेता माधवकुमार नेपाललाई पेल्ने त कहिले झलनाथ खनालको हुर्मत लिने काम गरे । उनको प्रयोगवादी सोच र अभ्यास निरन्तर जारी छ । आवश्यकताका आधारमा उपयोग गर्ने कम्युनिष्ट चरित्र उनले अपनाएका छन् ।
अध्यादेश प्रकरण त पछिल्लो कारण मात्र हो । वास्तवमा भन्ने हो भने सरकार बनेदेखि नै नेकपामा विवाद चुलिएको हो । प्रधानमन्त्री ओली एकलौटी हिंड्ने र आफूलाई असहयोग गर्नेप्रति ज्यादै संकीर्ण व्यवहार गर्ने प्रवृत्तिका देखिए । विगतमा आफू निरीह हुँदाको अवस्थामा पार्टी नेतृत्वले गरेको व्यवहार उनले बिर्सेका रहेनछन् भन्ने सन्देश पनि दिन खोजेका छन् ।
माधवकुमार नेपाल वा झलनाथ खनाल पार्टी नेतृत्व वा सरकार प्रमुख रहँदा आफूलाई तिरष्कार गरेको तीतो समेत उनले आफ्नो राज्यकालमा पोख्न भ्याए । यसका लागि उनले कहिले पुष्पकमल दाहाललाई हातमा लिएर नेता माधवकुमार नेपाललाई पेल्ने त कहिले झलनाथ खनालको हुर्मत लिने काम गरे । उनको प्रयोगवादी सोच र अभ्यास निरन्तर जारी छ । आवश्यकताका आधारमा उपयोग गर्ने कम्युनिष्ट चरित्र उनले अपनाएका छन् ।
समाजवादी पार्टी फुटाउन ओलीले प्रत्यक्ष रुपमा सांसद अपहरण नै गराए । सो काममा उनले राज्यसंयन्त्रको दुरुपयोग मात्र गरेनन् , राजनीतिक संस्कारकै खिल्ली उडाए । दुई दुई जना वहालवाला सांसदसहित नेपाल प्रहरीका निवर्तमान महानिरीक्षकलाई नै परिचालन गराए अपहरण गर्न । अपहरणमा परेका भनिएका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले प्रधानमन्त्रीबाटै बोलावट भएको र बाटोमा आउँदासमेत कुरा भएको खुलासा गरेका छन् ।
यतिबेला ओली र प्रचण्डबीचको बेमेल र असमझदारी चरमचुलीमा पुगेको छ । प्रचण्डले पनि ओलीको शेखी झार्न विरोधीको मोर्चाबन्दी गरेका छन् । यति हुँदा पनि ओली हावी नै छन् । सबै नेतालाई उनले पोको पारेका छन् । कुनै न कुनै प्रकरणमा ओलीले पार्टीका शीर्ष नेताको सातो लिने गरेका छन् । तर पछिल्लो अवस्था चाहिं अलि फरक छ । प्रचण्डले मोर्चाबन्दी गरेकाले ओली रक्षात्मक आवरणमा देखिएका छन् । पार्टीको सर्वाेच्च निकायका रुपमा रहेको सचिवालयमा ओलीलाई अल्पमतमा पारिएको छ । जसले गर्दा ज्यादै निरीह अवस्थामा खुम्चिएका छन् उनी । सधैं आफूले बोकेको महासचिव विष्णु पौडेलले समेत मुसा प्रवृत्ति देखाइसके ।
अध्यादेश प्रकरणमा उनले थाम्नै नसक्ने विरोध भएपछि फिर्ता त गरे । तर अध्यादेशको औचित्य पूरा गर्ने नाममा उनले देखाएको प्रवृत्ति भने संसदीय इतिहासमा कालो कलंकका रुपमा कालजयी भएको छ । समाजवादी पार्टी फुटाउन ओलीले प्रत्यक्ष रुपमा सांसद अपहरण नै गराए । सो काममा उनले राज्यसंयन्त्रको दुरुपयोग मात्र गरेनन् , राजनीतिक संस्कारकै खिल्ली उडाए । दुई दुई जना वहालवाला सांसदसहित नेपाल प्रहरीका निवर्तमान महानिरीक्षकलाई नै परिचालन गराए अपहरण गर्न । अपहरणमा परेका भनिएका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवले प्रधानमन्त्रीबाटै बोलावट भएको र बाटोमा आउँदासमेत कुरा भएको खुलासा गरेका छन् । सुविधाजनक मात्र नभई झण्डै दुई तिहाईको समर्थनमा बनेको सरकारले यस्तो घटिया हर्कत गर्न आवश्यक थिएन । त्यस अर्थमा ओली राजनीतिमा आवरणमा अपराधीकरणलाई मलजल गर्ने व्यक्ति भएको बुझन सकिन्छ ।
यो प्रकरणमा ओली मात्र दोषी, नेकपा चाहिं चोखो भन्ने अवस्था पनि छैन । पार्टीका अध्यक्षसमेत रहेका ओलीले पावर शेयरिङ नगर्दा उछित्तो काढ्ने नेकपा नेताहरु सांसद खरिदविक्री गर्ने कुकर्मको चाहिं रक्षक भएका छन् । नत्र ओलीले गरेको यो अक्षम्य अपराधको किन आलोचना गरिंदैन ? त्यसैले गलत कामलाई समर्थन गर्ने पार्टी पंक्ति चाहिं ठीक भनेर बचाउ गर्न सकिन्न । प्रधानमन्त्रीले आफुहरुसँग एक बचन नसोधी वा सचिवालयमा छलफल नगराई अध्यादेश जारी गराएकोमा मात्रै शीर्ष नेताहरुको गुनासो रह्यो । तर सांसद अपहरण काण्डमा मुछिएका सांसद वा पूर्व आईजीपीलाई कारबाही गर्नेतर्फ भने कुनै नेताले चुइँक्क बोलेका छैनन् । यसको अर्थ सो प्रकरणमा गरिएका काम र व्यवहार भने उनीहरुलाई सही लागेको छ ।
खासगरी भारतले नाकाबन्दी गर्दा नक्कली नै सही, जनतालाई आकर्षित गर्ने काम ओलीले गरेकै हुन् । त्यसैको बलमा पार्टी सत्तामा आएको हो । त्यसैले ओलीलाई गलाउँछु भन्ने सोच अरुले नराखे हुन्छ । बरु ओलीलाई मनाएर वा फकाएर मात्रै नेताहरुले राजकीय धन्दा चलाउन सक्छन् । धेरैले अनुमान समेत नगरेको परिस्थिति निम्तिने अवस्था छ ।
बरु स्थायी कमिटीको डण्डा देखाएर ओलीलाई तर्साउने रणनीतिमा नेताहरु रहेको बुझिन्छ । स्थायी कमिटी बैठक बोलाएर ओलीको झाँको झार्ने उनीहरुको दाउ छ । सके प्रधानमन्त्रीबाटै धपाउने नसके दाह्रा नंग्रा झिक्ने रणनीति नेताहरुले बनाएका छन् । तर ओली भने उनीहरुसँग सितिमिती गल्नेवाला छैनन् । सकेसम्म स्थायी कमिटी टार्ने नसके डटेर सामना गर्ने उनको रणनीति छ । यसै प्रयोजनका लागि हिजो उनले प्रचण्ड, माधव नेपाल, बामदेव गौतम र विष्णु पौडेललाई बालुवाटार बलोलाए । अध्यादेश फिर्ता भईसकेकाले अब स्थायी कमिटी बैठकको औचित्य सिद्धिएको उनको तर्क थियो । तर कसैले पनि मान्ने चाला देखाएनन् । बामदेवसँग त चर्काचर्की नै प¥यो । यतिसम्मकी गौतमले अब तपाईंले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिई बालकोट गएर आराम गर्ने बेला भयोसम्म भने । जवाफमा ओलीले पनि आफुविरुद्ध जतिसुकै मोर्चाबन्दी गरेपनि सामना गर्ने भन्दै सकेको गर्न चुनौती नै दिए ।
घटनाक्रम जसरी बढिरहेको छ, त्यसले नेकपाभित्रको रडाको त्यति सहजै मिलिहाल्ला भन्ने लाग्दैन । साम्य पार्न गरिएका प्रयत्न प्रभावकारी हुने छाँट देखिन्न । नेकपालाई आजको अवस्थामा ल्याउन ओलीको भूमिका सबैभन्दा उम्दा थियो कुनैबेला । खासगरी भारतले नाकाबन्दी गर्दा नक्कली नै सही, जनतालाई आकर्षित गर्ने काम ओलीले गरेकै हुन् । त्यसैको बलमा पार्टी सत्तामा आएको हो । त्यसैले ओलीलाई गलाउँछु भन्ने सोच अरुले नराखे हुन्छ । बरु ओलीलाई मनाएर वा फकाएर मात्रै नेताहरुले राजकीय धन्दा चलाउन सक्छन् । धेरैले अनुमान समेत नगरेको परिस्थिति निम्तिने अवस्था छ ।
ओलीलाई सजिलै तह लगाउन सकिन्छ भन्ने सोच सबै नेतामा पक्कै छैन । प्रचण्डको उक्साहटमा मात्रै लाग्ने कि ग्राउण्ड रियालिटी पनि बुझ्ने भन्ने कुरा चाहिं नेता नेपाललाई राम्रो थाहा छ । त्यसैले ओलीको राजीनामा माग्ने हिम्मत बामदेवले गरे भन्दैमा नेपालले पनि त्यो दुस्साहस गर्लान् भन्ने लाग्दैन । जसले गर्दा नेकपा भित्र अब के होला वा यो विवादले कसरी निकास पाउला भनेर अहिल्यै अनुमान लगाउन खोज्नु अलि हतारै होला ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार