गत माघमा अन्नपूर्णको हिमपहिरोमा बेपत्ता परेका थप दुईको शव फेला
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार १९:५९:३७
१४ वैशाख, काठमाडौं । गत माघ ३ गते अन्नपूर्ण क्षेत्रमा पदयात्राका क्रममा हिमपहिरोमा परी हराएका चार कोरियन र तीन नेपालीमध्ये थप दुई जनाको शव फेला परेको छ । पदयात्राको कास्की अन्नपूर्ण गाँउपालिका–११ स्थित तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गएको हिमपहिरोमा हराएका दुई जनाको शव शनिबार साँझ घटनास्थल नजिक मोदी नदी किनारमा स्थानीयवासी तथा प्रहरीले फेला पारेपछि आज शव ल्याउने प्रक्रिया शुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा मुचुल्का टोली घटनास्थलमा पुगिसकेको र फेला परेको शव कोरियनको भएको बताइए पनि सनाखत भइनसकेको उनको भनाइ छ । नेपाली सेनाको हेलिकोप्टरमार्फत शव ल्याउने तयारी गरिएको बताइन्छ । हराएका तीन नेपालीमध्ये दुई जनाको यसअघि नै शव फेला परेको थियो । सो पहिरोमा हराएका नेपाली पर्यटक पथप्रदर्शक सरोज परियारको गत चैतमा शव फेला परेको थियो भने अर्का एक नेपाली मेमबहादुर तामाङको शव गत वैशाख ११ गते फेला परेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार