सांसदद्धय बस्नेत र श्रेष्ठसहित पूर्व आईजीपी खनालविरुद्ध अपरहण मुद्धाको जाहेरी दिने तयारी
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार २०:७:२५
१४ बैशाख, काठमाडौं । नेपालको राजनीतिमा ५० को दशकलाई विकृत र असंगत रुपमा चित्रण गरिन्छ । खासगरी संसदीय प्रणालीको इतिहासमा उक्त कालखण्डलाई कालो धब्बाका रुपमा लिइन्छ । कारण संसद र संसदीय व्यवस्थाकै हुर्मत लिने व्यवहार भएको अवधि थियो त्यो ।
त्रिशंकू संसद रहेको यस अवधिमा सत्ताका लागि तत्कालिन एमाले र पछि नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले गरेको उदण्डता सदा स्मरणीय रहेछ । सांसद खरिदबिक्री, पार्टीमा टुटफुट र मन्त्री पदका लागि गरिने अनैतिक सम्झौता यस अवधिका विशेषता थिए ।
ठीक त्यही अवस्था सम्झाउने काम भएको छ अहिले, त्यो पनि दुईतिहाई मतको भनिएको सरकार प्रमुख खड्गप्रसाद ओलीबाट । आफूसँग असहमत भएका समाजवादी अध्यक्ष उपेन्द्र यादवलाई उनले सरकारबाट गलहत्याउने काम त धेरै अघि नै गरेका हुन् । तर ओलीलाई यतिले चित्त बुझेको थिएन, त्यसैले समाजवादी पार्टी नै फुटाउने गरी अध्यादेश जारी गराए । अनि समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादवलाई उकासेर संसदीय दल फुटाउने वातावरण तयार गरिदिए ।
१७ सदस्यीय दलमा ४० प्रतिशत पु¥याउन ७ जना सांसदको जोहो गनुपर्ने भयो । ६ जना त जुटेका थिए । तर सातौं पाउन नसक्दा अफ्ठेरो थियो । अनि उपेन्द्रसँग चित्त दुखाएर बसेका डा. सुरेन्द्र यादवलाई सार्तौ पात्र बनाउने सल्लाह भयो । त्यसको लागि प्रधानमन्त्री आफैं अग्रसर भए । महोत्तरीस्थित आफ्नै गाँउमा रहेका उनी लकडाउनका कारण काठमाडौं आउन सक्ने अवस्था थिएन ।
प्रधानमन्त्री ओलीले परिचालन गरे– कमाण्डो दस्ता । यसको जिम्मा दिइयो ओलीका विश्वासपात्रका रुपमा चिनिएका एकजना गुण्डा पृष्ठभूमिका सांसद महेश बस्नेत र मेनपावर व्यवसायी किसान श्रेष्ठ । साथ लगाइए भर्खरै प्रहरी महानिरीक्षकबाट निवृत्त भएका सर्वेन्द्र खनाल । तीन जनाको दस्ता हान्नियो महोत्तरी । अपहरणको शैलीमा ल्याइएका सांसद यादव कसोकसो होटलबाट उम्कन भ्याए । त्यसपछि उनले पार्टी अध्यक्ष उपेन्द्रलाई सम्पर्क गरे । सातौं पात्रको अभावमा समाजवादी टुक्रिनबाट त जोगियो । तर नेपाली राजनीतिमा कहिल्यै नमेटिने कालो पनि पोतियो । त्यो पनि प्रधानमन्त्री ओलीबाटै ।
नेपाली राजनीतिलाई फेरि अपराधीकरणतर्फ लैजाने ओली प्रवृत्तिलाई सदाका लागि निमिट्यान्न पार्न फेरि पनि राजनीतिक दलकै प्रतिवद्धता आवश्यक छ । त्यो प्रतिवद्धता भोलिका दिनमा अझै कसिलो र सती साल भएर उभिनुपर्ने अवस्था रहेको छ । यही प्रवृत्तिलाई निरुत्साहित गर्न आज अस्ति मात्रै एकीकृत भएको जनता समाजवादी पार्टीले महानगरीय प्रहरी परिसर टेकू काठमाडौंमा अपहरणको जाहेरी दिने तयारी भएको छ । यसबारे आज सो दलको पार्टी कार्यालयमा लामो छलफल भई अपहरण मुद्धा दर्ता गर्ने निर्णय गर्दै अहिले कानुन व्यवसायीहरुले ड्राफ्ट तयार गरिरहेको नेता शरतसिंह भण्डारीले नेपालबहस डटकमलाई जानकारी दिए ।
पार्टी नेताहरु डा. बाबुराम भट्टराई, उपेन्द्र यादव, शरतसिंह भण्डारी र राजेन्द्र महतो लगायतको उपस्थितिमा अपहरण मुद्धाको दर्ता गर्न प्रहरी परिसर काठमाडौं जाने तयारी भैरहेको छ । सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ अनि पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल विरुद्ध अपहरण सम्वन्धी जाहेरी दिने तयारी भएको हो ।
तर यो प्रकरणको छानविन गर्दा प्रधानमन्त्री नै तानिने अवस्था आउने भएकाले प्रहरीले चासो देखाउनेमा आशंका गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
उत्तर कोरियाली सैनिकहरू रूसमा युक्रेनी फौजको आक्रमणमा परेको दाबी
कात्तिक २०, २०८१ मंगलबार
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु
कात्तिक २०, २०८१ मंगलबार
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
कात्तिक २०, २०८१ मंगलबार
दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष जेल सजाय
कात्तिक २०, २०८१ मंगलबार