स्वास्थ्य सामग्री खरिदबारे छानबिन शुरु, सम्पूर्ण कागजात उपलब्ध गराउन लेखा समितिको प्रत्राचार
नेपालबहस संवाददाता
बैशाख १४, २०७७ आइतबार २३:३३:१४
१४ वैशाख, काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया अघि बढाएको र रद्द गरिएको सम्बन्धमा छानबिन अघि बढाएको छ ।
समितिले सो सम्बन्धमा सम्पूर्ण कागजात तथा विवरण सात दिनभित्र समिति सचिवालयमा उपलब्ध गराउन र प्रतिक्रिया माग गरी आज मन्त्रालयलाई प्रत्राचार गरेको हो । कोरोना भाइरसको सङ«क्रमण नियन्त्रण गर्ने उद्देश्यले मन्त्रालयले विभागमार्फत बिनाप्रतिस्पर्धा ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनलसँग स्वास्थ्य उपकरण तथा आवश्यक सामग्री खरिद गर्ने कार्य अघि बढाइएकामा सो खरिद सम्झौता पछि रद्द गरेको थियो ।
सो सम्बन्धमा समितिले छानबिनकार्य अघि बढाउन आवश्यक देखेकाले त्यसमा मन्त्रालयको प्रतिक्रिया र त्यसलाई पुष्टि हुने आवश्यक कागजात तथा खरिद प्रक्रियामा भए गरेको सम्पूर्ण कागजात उपलब्ध गराइदिन निर्देशानुसार अनुरोध गरिएको समिति सचिव डा रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
गाजामा २० लाखभन्दा बढी मानिस फसेका :संयुक्त राष्ट्रसंघ
पुष ६, २०८१ शनिबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार