तीन सातादेखि भुस्याहा कुकुर र छाडा चौपायालाई आहारा
नेपालबहस संवाददाता
बैशाख १५, २०७७ सोमबार १८:२४:९
१५ वैशाख, कञ्चनपुर । मुकुल लकडाउनमा रहेका बेला कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका मदन चन्द भने दैनिक चार किलोमिटर हिँडेर भीमदत्तनगर बजार आएर यहाँ रहेका भुस्याहा कुकुर, बाँदर, छाडा पशु चौपायालाई आहारा खुवाउँदै छन् । भीमदत्तनगरस्थित हेल्प नेपाल कञ्चनपुरका अध्यक्षसमेत रहनुभएका चन्दले लकडाउनका बेला विगत २० दिनदेखि हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म बजारमा भेटिने कुकुर, बाँदर, पशु चौपाया र पक्षीलाई आहारा खुवाउँदै आएको हो ।
“यस्तो विषम परिस्थितिमा सबैले आहारा पाउनुपर्छ र सबै बाँच्नुपर्छ भन्ने उद्देश्यले साथीहरु मिलेर बेसहारा जनावरको आहारा व्यवस्थापन गर्न थालेको आज २० दिन भयो”, उनले भने, “यो अभियानमा यहाँका मनकारी व्यक्ति र संस्थाले पनि सहयोग गर्दैछन् ।” हेल्प नेपाल र यहाँस्थित सम्मी एग्रोका सञ्चालक संविधान गौतमको अगुवाइमा हरेक दिन कुकुर र छाडा पशुलाई घाँस, रोटी, काँक्रा, केरा, दूध र पशुलाई चना, मटर, गहुँलगायतका खाद्य वस्तु दिँदै आइएको छ । “दैनिक १० लिटर दूध र २० दर्जन पाउरोटी त कुकुरका लागि ठिक्क हुन्छ”, चन्दले भने, “सामान्य अवस्थाजस्तो जीवजन्तुले बजार क्षेत्रमा सहजै आहारा पाउने अवस्था छैन ।”
पाँच जनाको समूहले घरबाट आहारासमेत ल्याउने गरेका छन् । चन्दले विगत १५ वर्षदेखि आफूले सञ्चालन गरेको चिया पसलमा समेत भुस्याहा कुकुरलाई आहारा दिएर पालनपोषण गर्दै आउनुभएको छ । “खाद्यान्न सहज आपूर्ति नहुँदा मान्छेलाई नै राहत दिनुपर्ने स्थिति भएका बेला छाडा पशुचौपायालाई बचाउन कसैको ध्यान पुगेन”, चन्दले भने, “दैनिक एक क्विन्टल जति खाद्यान्न आहाराका रुपमा दिँदै आएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहोत्तरीमा लुटेराहरूले घरधनीको हत्या गरी लाखौंको लुटपाट
पुष ६, २०८१ शनिबार
जर्मनीका लागि नेपाली राजदूत डा रुपाखेतीद्वारा ओहोदाको प्रमाणपत्र पेस
पुष ६, २०८१ शनिबार
आज विश्व ध्यान दिवस मनाइँदै
पुष ६, २०८१ शनिबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
पाकिस्तानमा आक्रमणमा १६ सैनिकको मृत्यु, ८ घाइते
पुष ६, २०८१ शनिबार
बाँकेमा धान उत्पादनमा वृद्धि
पुष ६, २०८१ शनिबार
‘सानो बजेटका योजनाले ल्याएको ठूलो खुसी’
पुष ६, २०८१ शनिबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार