लकडाउनमा प्रहरीलाई सघाउन आग्रह
नेपालबहस संवाददाता
बैशाख १५, २०७७ सोमबार १९:२५:९
१५ बैशाख स्याङ्जा । लकडाउनलाई प्रभावकारी बनाउन प्रहरीको भुमिका महत्वपूर्ण देखिएको छ । छिटफुट घट्नामा प्रहरी विवादित बनेपनि सरकारले घोषणा गरेको लकडाउनलाई सफल बनाउन नेपाल प्रहरीले महत्वपूर्ण भुमिका खेलेको चर्चा आइरहेका छन् ।
स्याङ्जामा अहिले सम्म लकडाउन अवधीभर प्रहरीले अमानविय व्यवहार देखाएको घट्ना भने देखिएको छैन । यसको सफलतामा जिल्ला प्रहरी प्रमुखको कमाण्डीङ नै प्रमुख रहेको हुन सक्ने आकलन गरिएको छ । सबै स्याङ्जावासीलाई तपाईको शान्ति सुरक्षा र कोरोना भाइरसबाट बच्न सरकारले गरेको लकडाउनमा प्रहरीलाई सघाउन जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक बिमलराज कर्णेलले आग्रह गरेका छन् ।
जिल्ला प्रहरी प्रमुखको रुपमा डेढ महिना अगाडी स्याङ्जा सरुवा भएर आएका प्रहरी उपरिक्षक कर्णेलले आएको केही दिनमा सरकारले घोषणा गरेको लकडाउनको सामनामा परे । राजमार्ग देखि ग्रामिण क्षेत्र सम्मको लकडाउनमा सुरक्षा दिने प्रहरीको कमाण्डीङ् सम्हालेका कर्णेलले संचारकर्मीहरुको कुराकानीमा सबै स्याङ्जावासीलाई कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई सफल बनाउन प्रहरीलाई सघाउन सुझाव दिएका छन् ।
विश्वनै कोरोनाको माहामारीमा रहेका बेला प्रहरीले पनि आफु सुरक्षित रहेर जनताको सेवा गर्नुपर्ने अवस्था छ प्रहरी उपरिक्षक कर्णेलले भने,“यो विषम परिस्थितीमा प्रहरी तपाईको सुरक्षाका लागि खटिएको छ ।” कोरोना भाईरस बाट बच्ने सबै भन्दा उत्तम उपाय भनेको लकडाउन नै भएकाले चौविसै घण्टा खटिएको प्रहरीलाई सघाउन सबै नागरिकलाई आग्रह गर्न चाहान्छु उनले भने । जिल्लाका सबै जनप्रतिनिधिहरु सगँ समन्वय गरेर सेवा प्रवाह गर्न पनि प्रहरी उपरिक्षक कर्णेलले आफ्ना मातहतका प्रहरी अधिकृत देखि जवानहरुलाई निर्देशन समेत दिएका छन् ।
यो संक्रमणमा जिल्ला प्रशासन, जनप्रतिनिधि, सामाजिक संघसंसथा लगायत सगँ समन्वय जरुरी छ प्रहरी उपरिक्षक कर्णेलले भने,“जिल्लामा यो समन्वय नै लकडाउन सफलताको प्रमुख आधार हो ।” राजनीति भन्दा माथी उठेर यो संक्रमणलाई सामाना गर्नु सबै स्याङ्जावासीको दायीत्व हो उनले भने । डिउटीमा खटिएका प्रहरीहरुलाई कसरी सुरक्षित रहेर सेवा प्रवाह गर्ने निर्देशन दिएका छन, भन्ने संचारकर्मीहरुको जिज्ञासामा प्रहरी प्रमुख समेत रहेका कर्णेलले केही स्वास्थ्य सुरक्षाका सामाग्रीहरु हामीले पनि दिएका छौ र केही जिल्ला प्रशासन, रेडक्रस लगायका संघ संस्थाले सहयोग गरेका छन् ।
मास्क, सेनिटाईजर र अत्यन्तै संवेदनशिलमा पीपीईको व्यवस्था सहित उनीहरुलाई आफु सुरक्षित रहेर डिउटी गर्ने निर्देशानुसार खटाइएको उनले बताए । स्याङ्जा आएको छोटो समय र यो संक्रमणकालिन अवस्थामा प्रहरी प्रमुखले खेलेको भुमिका प्रति सबै जनप्रतिनिधि र राजनीतिकदलका नेताहरुले प्रशंसनिय कार्य रहेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
कात्तिक २०, २०८१ मंगलबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
कात्तिक २०, २०८१ मंगलबार
प्रधानमन्त्री ओली ज्वरोले सिकिस्त
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी राष्ट्रपतिको तलब कति हुन्छ ?
कात्तिक २०, २०८१ मंगलबार
चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु
कात्तिक २०, २०८१ मंगलबार
उडान समय छोटिएपछि बुद्ध एयरले जारी गर्यो छ बुँदे निर्देशिका
कात्तिक २०, २०८१ मंगलबार
अमेरिकी चुनाव २०२४ : ट्रम्प–ह्यारिसका लागि डी–डे, आठ राज्यमा मतदान सुरु
कात्तिक २०, २०८१ मंगलबार
अध्यक्ष ढकाललाई इन्डोनेसिया सरकारको सम्मान
कात्तिक २०, २०८१ मंगलबार
दीपक मनाङे ज्यान मार्ने उद्योगमा सर्वोच्चबाट दोषी ठहर, ५ वर्ष जेल सजाय
कात्तिक २०, २०८१ मंगलबार
८ वर्षदेखि अलपत्र बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु
कात्तिक २०, २०८१ मंगलबार