ओली सरकार हुकुमी शासन र मनपरितन्त्रतर्फ लाग्यो : कांग्रेस वरिष्ठ नेता अर्जुननरसिंह केसी
नेपालबहस संवाददाता
बैशाख १५, २०७७ सोमबार १९:२९:३०
१५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले सांसद अपहरण मुद्धा दर्ता नहुनुले देशमा विधितन्त्र नभएर हुकुमीतन्त्र र मनपरितन्त्र भएको खुलासा गरेका छन् ।
नेता केसीले हिजो साँझ आफ्नो टुवीटर हयाण्डलमार्फत भनेका छन् :- “मुलुकी फौजदारी कार्यविधि २०७४ ले प्रहरी कार्यालयमा फौजदारी मुद्दा आए दर्ता गर्नैपर्छ । तर सांसद अपहरण मुद्दा दर्ता भएन । यो विधितन्त्र होइन, हुकुमी शासन र मनपरितन्त्र हो । लोकतन्त्रको आत्मा अभिव्यक्ति स्वतन्त्रता हो । यसको ठाडो उल्लंघन गर्दै पूर्वसचिव भीम उपाध्यायको गिरफ्तारी लोकतन्त्रको उपहास हो ।”
कांग्रेसका प्रभावशाली नेता एवं पूर्वमन्त्री केसीले देशमा विद्यमान समस्याको समाधान लकडाउन मात्र नभएको पनि स्पष्ट गरेका छन् । सरकारले फेरि १० दिनको लागि लकडाउन बढाएको सन्दर्भमा आफ्नो धारणा राख्दै नेता केसीले भने–यसका बाईप्रडक्टलाई समेत ध्यानमा राखेर निर्णय गरिनुपर्ने बताएका छन् । यद्यपि लकडाउन कोरोना भाइरससँग भिड्न उपयुक्त औषधि हो तर लामो समयको लकडाउनले हाम्रो जस्तो देशको आर्थिक पक्ष धराशायी हुने देखिन्छ– उनले भने ।
खासगरी दैनिक ज्यालादारी गरी श्रम गर्ने मजदूर वर्ग र निम्न मध्यम वर्गीय नागरिक लामो समयको बन्दाबन्दीले प्रताडित भईसकेको भन्दै नेता केसीले राहतका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेका छन् । लकडाउनबाट जनताको मानवीय जीवन र राष्ट्रिय जीवनमा पर्ने प्रभावतर्फ राज्यको पटक्कै ध्यान केन्द्रित नहुनु दुखद भएको नेता केसीको भनाई छ ।
लकडाउन मात्रै ब्रम्हास्त्र हो भन्ने खालको सोच केपी ओली सरकारले प्रदर्शन गरेकोमा आपत्ती जनाउँदै उनले विश्व बैंक लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले नेपालको आर्थिक बृद्धि ३ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरेको स्मरण गराएका छन् । सामाजिक सञ्जाल टुवीटर हयाण्डलमा नेता केसीले लेखेका छन् :- “लकडाउन नै ब्रह्मास्त्र होइन । नियन्त्रण र उपचारसँगै यसका अन्य असर र उपज केके छन् ? लाखौं भोका मजदुर , किसान, न्युन मध्यमवर्गीय जनता ,उद्योगी र व्यवसायीहरुको राहत बारे कार्य योजना के छ ? बजार र आपुर्ति समस्या र त्यसबाट सर्ने भाइरसको सुरक्षात्मक उपायको व्यवस्थापन के हो ? सरकार जान्न पाउ ।”
यसका लागि रिकभरी प्लान सरकारले के बनायो भन्दै नेता केसीले सरकारको उपचारात्मक विधि पनि कमजोर रहेकाले जनता थप मारमा पर्ने अवस्था औंल्याएका छन् । लामो समय भोको बस्ने अवस्थामा मानिसले जस्तोसुकै अपराध कर्म गर्न सक्नेतर्फ संकेत गर्दै उनले भने– यसबाट देश अराजकतातर्फ उन्मुख हुनसक्छ ।
यसैगरी सरकारको रबैया निरंकुशतातिर अग्रसर भएको भन्दै नेता केसीले त्यसको पछिल्लो उदाहरण सांसद अपहरणकाण्ड भएको बताए । प्रधानमन्त्रीकै प्रत्यक्ष संलग्नतामा सांसद नै अपहरण हुनु भनेको निरंकुशताको उत्कर्ष हो भन्दै उनले राजनीतिलाई अपराधीकरणतर्फ धकेल्ने काम भईरहेको आरोप लगाएका छन् । यस्तो अपराध गर्नेहरुमाथि कारबाही गर्नुपर्नेमा उल्टो सरकरी संयन्त्र उजुरी लिनसमेत तयार देखिएन – नेता केसीले भने । समाजवादी पार्टीका सांसद डा. सुरेन्द्रकुमार यादवलाई अपरहण गरी काठमाडौं ल्याउने नेकपाका दुई सांसद महेश बस्नेत र किसान श्रेष्ठ तथा पूर्व आईजीपी सर्बेन्द्र खनालमाथि अपहरण गरेको किटानी आरोपसहित हिजो महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिन सो पार्टीका केन्द्रीय नेताहरु गएका थिए । तर प्रहरीले उजुरी लिन मानेन ।
सोही घटनालाई इंगित गर्दै नेता केसीले भने – यो घटनाले विधिको तन्त्र नभै मनपरितन्त्रबाट देश चलेको प्रमाणित भएको छ । मुलुकी फौजदारी कार्यविधि,२०७४ ले देशको कुनैपनि ठाउँमा कुनै फौजदारी कसुर गरेको वा भएको सूचना प्रहरीले पाउने वित्तिकै अनुसन्धान गर्न पाउने व्यवस्था गरेको छ । कानूनी राज्यको नै खिल्ली उडाएको भन्दै सरकारको निरंकुशतन्त्र उदांगो भएको पनि नेता केसीले उल्लेख गरेका छन् ।
महाशक्ति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विषयमा सार्वजनिक सञ्चारमाध्यम र सामाजिक सञ्जालमा गरिने टिप्पणी तथा कार्टुन तल्लो स्तरका हुने गरेको प्रसंग उल्लेख गर्दै नेता केसीले भने– तर ट्रम्पले त्यसको प्रतिवाद निरंकुश तरिकाले गरेका छैनन् । हाम्रो प्रधानमन्त्री केपी ओली भने विरोधको स्वर सुन्नै नसक्ने विचित्रको मानिस भएको उल्लेख गर्दै उनले नेपाल सरकारका एकजना पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा ओलीको गलत कामको आलोचना गरेकै आधारमा गैरकानूनी रुपमा पक्राउ गरी मुद्धा चलाउनु निन्दनीय काम भएको बताएका छन् ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आत्मा हो भन्दै नेता केसीले भने व्यक्तिको मौलिक हक कुण्ठित गर्ने काम निरंकुश शासनको प्रतीक हो, यसलाई परास्त गर्न नेपाली जनता फेरि पनि संघर्ष गर्न तयार छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोटो अवधिमा सरकार परिवर्तन भइरहने कुरा नेपालका लागि महारोग नै भयो: धनराज गुरुङ
बैशाख २१, २०८१ शुक्रबार
सम्पदा संरक्षणमा उदाहरणीय नगर प्रहरी
पुष २९, २०८० आइतबार
संविधान संशोधनतिर भन्दा यसको प्रभावकारी कार्यान्वयनमा लाग्नुपर्छ : सभामुख घिमिरे
असोज १, २०८० सोमबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
नेपालबहस संवाददाता
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
तराईमा केही दिन अत्यधिक गर्मीको सम्भावना, सतर्कता अपनाउन अनुरोध
जेठ १३, २०८१ आइतबार
गाजाको राफाह शिविरमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ४० पुग्यो
जेठ १४, २०८१ सोमबार
बबई क्याम्पसमा डा. अहिराजद्धारा पृथ्वीनारायण शाहका नाममा छात्रवृत्ति कोष स्थापना
जेठ १४, २०८१ सोमबार
अफगानिस्तानमा बाढीका कारण १६ जनाको मृत्यु
जेठ १४, २०८१ सोमबार
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
जेठ १४, २०८१ सोमबार
आईपीएलमा कुन-कुन खेलाडीले के-के अवार्ड पाए ?
जेठ १४, २०८१ सोमबार
तातोपानी नाका सुनसान, अधिकांश पसल र होटेल बन्द
जेठ १४, २०८१ सोमबार