नेकपामा शीर्ष नेताको आ–आफ्नै स्वार्थ
इन्द्र रिजाल
बैशाख १५, २०७७ सोमबार २०:२६:५
समाचार टिप्पणी
१५ बैशाख, काठमाडौं । संसार कोरोना कहरसँग नराम्ररी संघर्ष गर्दै छ, तर नेपालको सत्ताधारी दल भने राजकीय शक्तिकै छिनाझम्टीमा अल्झिएको छ । कोरोनाको आडमा केही नेता सत्ता लम्ब्याउन भगिरथ प्रयासमा छन् भने कतिका लागि कोरोना नै शक्ति सञ्चयको आधार बनेको छ ।
नेकपाका शीर्ष नेताहरु अहिलेको राजनीतिक परिदृश्यलाई आ आफ्नै रुपमा बुझिरहेका छन् वा भनौं उपयोग गर्न खोजिरहेका छन् । प्रधानमन्त्री केपी ओली सत्तामा आएपछिको घटनाक्रम बढो चाखलाग्दो छ । भारतीय नाकाबन्दीको चर्काे आलोचना गर्ने श्रेय पाएका ओलीलाई नेपाली जनताले पत्याइदिए । यद्यपि ओलीको राष्ट्रवाद एक वर्ष नबित्दै उदाङ्गो भएको हो । प्रधानमन्त्री बनेयता ओलीको कार्यशैली साँच्चैको कम्युनिष्ट चरित्रसँग मिल्दोजुल्दो देखियो । विपक्षी त के आफ्नै दलका नेताहरुलाई समेत ओलीले भुसुना जति पनि गनेनन् । तर यसका पछाडिको कथा बेग्लै छ ।
छट्टु स्यालको कथा जस्तो ओली अगाडि बढेका छन् । त्यसैले एकपटक ओलीलाई एक्लो पार्न सबै मोर्चाबन्दीमा लागे । तर ओलीले आफ्नो स्वभाव छाड्ने कुरा भएन । जस्तोसुकै मोर्चाबन्दी गरेपनि ओलीलाई पदमुक्त गर्न सहज थिएन र छैन पनि । जब अध्यादेश काण्ड भयो, त्यो घटनामा भने ओली नराम्ररी फसे वा फसाइए । अब उनी धेरै हदसम्म रक्षात्मक अवस्थामा पुगेका छन् । पार्टीका प्रत्येक मञ्चमा उनी एक्लिएका छन् ।
विगतमा ओलीलाई एक्ल्याएर माधव नेपाल र झलनाथ खनालले एकलौटी शासन गरेका थिए । त्यतिखेर ओझेलमा पारिएका ओलीको शक्ति एकाएक उदय भयो । शक्तिमा आएका ओलीले हिजोको कुण्ठा र अपमान बिर्सिएका रहेनछन् । त्यसको गनी गनी बदला लिने उनको मनस्थिति देखियो । माओवादीबाट आएका पक्षको साथ लिएर उनले कहिले नेपालको मानमर्दन गरे त कहिले झलनाथको झाँको झारे ।
ओली आफ्नो उद्देश्य र स्वार्थ पूरा गर्न मात्र हरेकलाई प्रयोग गर्न उद्यत् भएपछि परिस्थिति फेरिएको छ । छट्टु स्यालको कथा जस्तो ओली अगाडि बढेका छन् । त्यसैले एकपटक ओलीलाई एक्लो पार्न सबै मोर्चाबन्दीमा लागे । तर ओलीले आफ्नो स्वभाव छाड्ने कुरा भएन । जस्तोसुकै मोर्चाबन्दी गरेपनि ओलीलाई पदमुक्त गर्न सहज थिएन र छैन पनि । जब अध्यादेश काण्ड भयो, त्यो घटनामा भने ओली नराम्ररी फसे वा फसाइए । अब उनी धेरै हदसम्म रक्षात्मक अवस्थामा पुगेका छन् । पार्टीका प्रत्येक मञ्चमा उनी एक्लिएका छन् । सहयोगी र समर्थक क्रमशः घट्दै छन् । आफ्ना भन्नेहरु पनि मुसा प्रवृत्तिमा रुपान्तरण हुन थालेका छन् । अर्थात ओली अहिले राजनीतिक जीवनकै सबैभन्दा कमजोर अवस्थामा देखिएका छन् ।
त्यसैले प्रचण्डको मन कुँडिएको छ । अब उनी चाहन्छन् ओली सत्ताबाट बाहिरिउन् । उनलाई समस्या छ ओलीको विकल्पमा आफूलाई अगाडि सार्न । नयाँ प्रधानमन्त्री बन्न उनले प्रयास गरे भने पूर्वएमाले एकभएर उनी कमजोर हुने भय छ । यसैले उनले जाल फाले माधव नेपालको नाममा । ओलीको ठाउँमा नेपाललाई प्रधानमन्त्री बनाउने । यति गर्न पाए ओलीको शेखी झर्ने उनको बुझाई छ ।
रक्षात्मक अवस्थामा पुगेका ओली अब थप लडाईं गर्ने पक्षमा देखिएका छैनन् । त्यसैले उनी पार्टीको निर्देशन बमोजिम सरकार चलाउने सन्देश नेताहरुकोमा पठाउन बाध्य भएका छन् । खासगरी माधव नेपालसँग उनी सम्बन्ध सुधार्न अभिशप्त देखिएका छन् । यसका लागि उनले आफ्ना दूत परिचालन गरिसकेका छन् । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल यही टास्क फत्ते गर्न अहिले नेताहरुको घर घरमा द्यौसी खेल्न लागिपरेका छन् । तर परिस्थिति अनुकुल भइरहेको छैन । सबै नेताका आ आफ्नै कथा व्यथा जोडिएका छन् ओलीसँग । र त्यसै आधारमा नेताहरुका फरक फकर दृष्टिकोण निर्माण भएका छन् । नेताहरुको सोच र अवधारणा नै अगल छ । त्यसलाई पालै पालो हेरौं ।
सबैभन्दा पहिला पार्टीका कार्यकारी अध्यक्ष भनिएका पुष्पकमल दाहालको मनस्थिति बुझ्ने प्रयास गरौं । पार्टी एकता गर्दा ओली र प्रचण्डबीच दुई अध्यक्ष र आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । तर ओली सत्तामा आएपछि त्यो रुचाएनन् । भर्खर भर्खर एमालेसँग एकीकरण भएकाले प्रचण्डले धेरै बार्गेनिङ गर्न सकेनन् । लामो समय उनी नाम मात्रको अध्यक्ष बनाइए । जब उनले आलोपालो प्रधानमन्त्रीको भद्र सहमतिको कुरा उठाए अनि ओलीले बाध्य भएर कुरा खोले । साथै पाँचै वर्ष प्रधानमन्त्री हुने शर्तमा उनले प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाए । तर व्यवहारमा भने त्यो कहिल्यै स्वीकारेनन् । त्यसैले प्रचण्डको मन कुँडिएको छ । अब उनी चाहन्छन् ओली सत्ताबाट बाहिरिउन् । उनलाई समस्या छ ओलीको विकल्पमा आफूलाई अगाडि सार्न । नयाँ प्रधानमन्त्री बन्न उनले प्रयास गरे भने पूर्वएमाले एकभएर उनी कमजोर हुने भय छ । यसैले उनले जाल फाले माधव नेपालको नाममा । ओलीको ठाउँमा नेपाललाई प्रधानमन्त्री बनाउने । यति गर्न पाए ओलीको शेखी झर्ने उनको बुझाई छ ।
त्यसैले अर्काे महाधिवेशनमा नेपाललाई अध्यक्ष बनाउने उधारो आश्वासन दिन खोजेका छन् । नेपाल भने नगदमा मात्र मान्ने पक्षमा छन् । ओलीलाई बलात् प्रधानमन्त्रीबाट हटाएर आफू टिक्न गाह्रो हुने बुझाई नेपालको छ । तैपनि प्रचण्डको साथ लिन उनी त्यो प्रस्तावमा राजी भएको देखाइरहेका छन् । भित्रै तहमा भने उनी प्रधानमन्त्री भन्दा पार्टी अध्यक्षका आकांक्षी हुन् ।
अब कुरा गरौं माधव नेपालको । ओलीको पेलाईबाट आजित भएका नेपाल विकल्प दिनुपर्छ भन्ने तहमा आईपुगेका छन् । तर ओलीलाई प्रधानमन्त्रीबाट हटाएर आफू जानसक्ने ल्याकत नभएको उनलाई राम्रै थाहा छ । त्यसैले उनी चाहन्छन् सत्ता ओलीले चलाउन, तर लगाम भने आफूसँग रहोस् । यसका लागि उनको प्रयास बेग्लै छ । नेपाल चाहन्छन् पार्टी अध्यक्ष ओलीले आफूलाई हस्तान्तरण गरुन् । अध्यक्ष भएपछि सरकारलाई लगाम लगाउने उनको दाउ छ । तर ओलीले यो तिकडम राम्रो बुझेका छन् । त्यसैले अर्काे महाधिवेशनमा नेपाललाई अध्यक्ष बनाउने उधारो आश्वासन दिन खोजेका छन् । नेपाल भने नगदमा मात्र मान्ने पक्षमा छन् । ओलीलाई बलात् प्रधानमन्त्रीबाट हटाएर आफू टिक्न गाह्रो हुने बुझाई नेपालको छ । तैपनि प्रचण्डको साथ लिन उनी त्यो प्रस्तावमा राजी भएको देखाइरहेका छन् । भित्रै तहमा भने उनी प्रधानमन्त्री भन्दा पार्टी अध्यक्षका आकांक्षी हुन् ।
अब कुरा गरौं झलनाथ खनालको । अहिले ओलीलाई पदच्यूत गर्न प्रचण्ड भन्दा बढी चाहना झलनाथको छ । उनले विगतमा माओवादीको समर्थनमा प्रधानमन्त्री हुँदा ओलीले दिएको दुख र गरेको विरोध बिर्सिएका छैनन् । त्यसैले आफूले केही नपाएपनि ओलीलाई गलहत्याउन उनी मरिहत्ते गर्दैछन् । उनको अहिले कुनै गुट छैन । हिजो आफ्नो पक्षमा रहेकाहरु सबै अहिले नेपालसँग निकट छन् । जसले गर्दा उनको बेग्लै चाहना केही छैन । तर ओलीलाई रसातलमा पु¥याउने उत्कट अभिलाषा भने पालेका छन् झलनाथले ।
सत्ताबाट बहिर्गमन गर्नुप¥यो भने ठूलै झट्का लाग्न सक्छ । किनभने सत्ता गुम्दा उनी मात्र सकिने हैन , उनको गुट नै भताभुंग हुन सक्छ । राष्ट्रपति, प्रदेशका मुख्यमन्त्री र अन्य राजनीतिक नियुक्तिमा समेत पुनर्विचार हुने अवस्था आउँछ ।
कुनै बेला ओलीलाई दिलोज्यान दिएर लाग्ने नेता बामदेव गौतम अहिले फेरिएका छन् । बामदेवको अस्थिर स्वभाव भएपनि अन्ततः ओलीकै गोटी हुने गरेको विगत छ । सत्ताका लालची यिनी पूर्व एमालेका समकालिन सबै प्रधानमन्त्री भईसक्दा आफू मात्र बाहिर रहेको पीडाले ग्रस्त छन् । गएको चुनावमा ओलीकै असहयोगले हारेको उनको ठम्याई छ । त्यसैले ओलीसँगको हार्दिकता पछिल्ला दिन रहेनन् । तैपनि सत्ताको लालच र स्वार्थले उनी ओली निकट रहन बाध्य भएका थिए । ओलीले पनि प्रयोगवादी सिद्धान्त अनुसार बामदेवलाई धेरै टाढा राखेनन् । बरु विभिन्न वहानामा इन्गेज गराई राखे । नजिक देखाउन विधानमै नभएको उपाध्यक्ष नै बनाई दिएका छन् । तर निर्णायक पदमा भने लैजाने जमर्काे गरेका छैनन् । जब राष्ट्रियसभामा मनोनयन नै नगर्ने अडान लिए ओलीले त्यसपछि भने दुबैको सम्वन्ध थप कटुतापूर्ण भएको छ । त्यसैले बामदेव चाहन्छन् प्रचण्डलाई प्रधानमन्त्री बनाइयो भने आफ्नो उद्धार हुनेछ । उनको भरोशा अहिले प्रचण्डप्रति चुलिएको छ । त्यो अवस्था नआए माधव नेपाल नै सही ओलीको विकल्प त दिनै पर्छ – यस्तो निश्कर्षमा पुगेका छन् ओली ।
पार्टी शीर्ष नेताहरुको सोच आफूप्रति एकदमै नकारात्मक रहेको जानकारी ओलीलाई भलिभाँती थाहा छ । त्यसैले उनी पनि अर्काे रणनीति बनाउँदै छन् अहिले । सत्ताबाट बहिर्गमन गर्नुप¥यो भने ठूलै झट्का लाग्न सक्छ । किनभने सत्ता गुम्दा उनी मात्र सकिने हैन , उनको गुट नै भताभुंग हुन सक्छ । राष्ट्रपति, प्रदेशका मुख्यमन्त्री र अन्य राजनीतिक नियुक्तिमा समेत पुनर्विचार हुने अवस्था आउँछ । त्यसैले ओली एक कदम पछाडि सरेर भएपनि अहिलेको सत्ता जोगाउन प्रयत्न गर्ने अवस्थामा पुगेका छन् । यसको छिनोफानो लकडाउन हटेपछि मात्रै हुने अवस्था छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपएमालेको शक्ति प्रदर्शन सरकारविरुद्ध हो कि जनताविरुद्ध ?
मंसिर ७, २०८१ शुक्रबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
कोलेस्ट्रोल नियन्त्रणमा राख्न चाहनुहुन्छ ? खाली पेटमा अदुवाको जुस पिउनुहोस्
मंसिर ७, २०८१ शुक्रबार
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश
मंसिर ७, २०८१ शुक्रबार
अस्ट्रेलियाविरुद्ध भारतको कमब्याक, बुमराहले लिए चार विकेट
मंसिर ७, २०८१ शुक्रबार