लकडाउनले रोकिएको खोप शुरु, ३३१ खोपकेन्द्रबाट सेवा सञ्चालन
नेपालबहस संवाददाता
बैशाख १५, २०७७ सोमबार २०:४५:१५
१५ वैशाख, बैतडी । लकडाउन’का कारण रोकिएको खोप सेवा बैतडीमा पनि शुरु भएको छ । स्वास्थ्य सेवा विभागले नियमित खोप सेवा शुरु गर्ने परिपत्र गरेसँगै जिल्लामा नियमित खोप सेवा शुरु भएको हो । बालबालिकालाई जन्मेदेखि १५ महिनासम्म दिइने विभिन्न खोप तालिका अनुसार दिने कार्य शुरु गरिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिए ।
बैतडीमा ३३१ खोपकेन्द्रबाट खोप सेवा सञ्चालन गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बालबालिकाहरुलाई जन्मेदेखि १५ महिनाभित्र विभिन्न रोगविरुद्ध ११ प्रकारका खोप दिइन्छ । बालबालिकालाई बिसिजी, डिपिटी, दादुरा–रुबेला, एफआइपिभी, पोलियो, जापनिज इन्सेफलाइट्सि र पिसीभी खोप १५ महिनाभित्र दिने गरिन्छ । यी खोपले बालबालिकालाई विभिन्न रोग लाग्नबाट बचाउने गर्दछ ।
लकडाउनको समयमा अवरुद्ध भएका सबै खोप सेवा सञ्चालन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै गर्भवती महिलालाई लगाइने टिडी खोप पनि सञ्चालन भएको खोप सुपरभाइजर निरीक्षक भट्टको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनौ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
पुष ५, २०८१ शुक्रबार
भक्तपुर अस्पतालमा ‘सिटी स्क्यान’ र ‘मेमोग्राम’ सेवा सञ्चालनको तयारी
पुष ५, २०८१ शुक्रबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
इयुले थप तेल र ग्यास खरिद नगरे कर लगाउने ट्रम्पको चेतावनी
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
जसपा नेपालका अध्यक्षद्वारा एनपिएल विजेतालाई बधाई
पुष ६, २०८१ शनिबार
पार्टी संगठनलाई व्यवस्थित गर्न केन्द्रीय सदस्यलाई जिम्मेवारी
पुष ६, २०८१ शनिबार
एनपीएलमा कुन खेलाडीले कुन अवार्ड जिते ?
पुष ६, २०८१ शनिबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार