ट्रयाक्टर दुर्घटनामा १९ वर्षीय युवकको मृत्यु
नेपालबहस संवाददाता
बैशाख १५, २०७७ सोमबार २१:४९:९
१५ वैशाख, दाङ । ट्रयाक्टर दुर्घटना हुँदा आज एक युवकको मृत्यु भएको छ । लमही बजारबाट स्थानीय अर्जुनखोला जाँदै गरेको रा १ त ३४७० नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा लमही नगरपालिका वडा नम्बर ५ का १९ वर्षीय दिनेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
खोलाबाट ट्रयाक्टरमा बालुवा लादी घर बनाउँदै गरेको स्थानमा पु¥याउने क्रममा कोइलाबास सडकखण्डको लमही –५ मा सो दुर्घटना भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए । चौधरी सोही ट्रयाक्टरमा काम गर्ने श्रमिक भएको प्रहरीले जनाएको छ । रातभर पानी परेकाले बाटामा चिप्लिएर दुर्घटना भएको थियो । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रविको अनुसन्धान प्रतिवेदन बुझाएसँगै जीबीलाई नेपाल ल्याउने पहल
नेपालबहस संवाददाता
पुष ४, २०८१ बिहिबार
सर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
पुष ५, २०८१ शुक्रबार
जनकपुरले जित्यो एनपिएलको पहिलो उपाधी, सुदुरपश्चिम उपबिजेता
पुष ६, २०८१ शनिबार
श्रीलङ्काको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकको प्रक्षेपण
पुष ६, २०८१ शनिबार
पावर प्लेमा जनकपुरको जादु, जनकपुरका दुई खेलाडी भए आऊट
पुष ६, २०८१ शनिबार
एनपीएलको फाइनल खेल हेर्न किर्तिपुरमा नेतादेखि दर्शकसम्मको अपार भीड
पुष ६, २०८१ शनिबार
एनपीएल फाइनल हेर्न कांग्रेस सभापति देउवा कीर्तिपुर क्रिकेट मैदानमा
पुष ६, २०८१ शनिबार
अमेरिका र भारतले शक्तिशाली पृथ्वी–अवलोकन उपग्रह प्रक्षेपण गर्ने
पुष ६, २०८१ शनिबार